१६ दिने अभियानको अन्तिम दिन अन्तरक्रिया


२४ मंसिर (सोलु अनलाइन) – लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आज सल्लेरीमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । “घरेलु हिंसा मुक्त नेपालको निर्माण गरौं” भन्ने नाराका साथ जिल्ला विकास समितिको प्राङ्गणवाट शुरु भएको ¥याली सल्लेरी बजार परिक्रमा गरि जिविस समिक्षालयमा पुगेको थियो ।
¥यालीमा सयौं महिलाहरुले उत्साहप्रद रुपमा सहभागिता जनाएका थिए । ¥याली पछि जिविस समिक्षालयमा भएको लैंगिक हिंसा र महिला मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रममा “महिला मानव अधिकार” बिषयमा जिल्ला न्यायधिवक्ता लोकबहादुर कटुवाल र “लैंगिक हिंसा” बिषयमा प्रहरी नायब उपरिक्षक सुदमकुमार सिजापतिले कार्यपत्र प्रस्तुत गरे ।
कार्यपत्र प्रस्तुत गर्दै प्रहरी नायब उपरिक्षक सिजापतिले पितृसतात्मक सोच, लैंगिक सम्वेदनशिलताको अभाव, प्रभाबकारी अनुसन्धान, परम्परागत मुल्य मान्यता, न्यायमा ढिलाई, पीडित पुर्नस्थापना आदि महिला हिंसाका चुनौतिहरु रहेको बताए । सिजापतिले शिक्षा, तालिम, स्वास्थ्य सम्बन्धी कार्यक्रम, समयानकुल कानुनी व्यवस्था, गरिबी न्यूनिकरण लगायतका कार्यक्रमले महिला हिंसामा कमि ल्याउन सक्ने बताए ।
यस्तै जिल्ला न्यायधिवक्ता कटुवालले परम्परागत सोचका आधारमा महिलाहरुलाई परिवार एवं समाजको श्रोत र साधन, निर्णय प्रक्रिया, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक जीवनमा असमान व्यवहार गरिएको बताए । उनले महिला हकहित र अधिकारसँग प्रत्यक्ष सरकोकार राख्ने राष्ट्रिय एवं अन्तराष्ट्रिय तथा क्षेत्रीय सन्धी सम्झौतामा जनाइएका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वय गर्नुपर्नेमा जोड दिए ।
लैंगिक हिंसा बिरुद्धको श्रोत समूह, मानव अधिकार रक्षक सञ्जाल र घरेलु हिंसा प्रभाबितका लागि सेवा केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रमका सहभागी महिलाहरुले नेपालको कानुनले नै महिला माथि विभेद गरेको बताएका थिए ।
कार्यक्रममा महिला हिंसा न्यूनिकरण गर्नमा उत्कृष्ट सहजिकरण गरेको भन्दै प्रहरी नायब उपरिक्षक सुदमकुमार सिजापति सम्मानित भए ।
कार्यक्रम महिला विकास अधिकृत गोमा प्रसाईको अध्यक्षता तथा प्रमुख जिल्ला यादव सुवेदीको प्रमुख आतिथ्य र जिल्ला न्यायधिश लोकजङ्ग शाहीको बिशेष आतिथ्यमा भएको हो । कार्यक्रममा महिलाहरुको अत्याधिक र नगन्य रुपमा मात्रै पुरुषहरुको उपस्थिति रहेको थियो । यसै उपस्थिति प्रति व्यङ्ग गर्दै प्रमुख जिल्ला अधिकारी सुबेदीले असमानताले हिंसा अन्त्यमा सकारात्मक सहयोग नपुग्ने बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s