लुक्लामा फूटबल मैदानको उद्घाटन


मङ्सिर-२५ (सोलुअनलाइन) । फ्रेन्डशिप युथ क्लबको उपशाखा कार्यालय चौरीखर्क-८,लुक्लाको आयोजनामा निर्माण गरिएको फूटबल मैदानको उद्घाटन  क्लबका अध्यक्ष एवं सोलुखुम्बु जिल्लाको निर्माण व्यवसायी संघका अध्यक्ष महेश किरातीले भोलि गर्नु हुने भएको छ ।

उक्त उद्घाटन कार्यक्रममा नेकपा ए.माओवादीका सोलु इन्चर्ज तथा क्लबका सल्लाहकार समितिका सदस्य शिव बहादुर वस्नेत(राजेन्द्र) त्यस्तै नेकपा एमालेका जिल्ला कमिटीका सचिवालय सदस्य एवं नेपाल खेलकुद महा-संघका केन्द्रिय सदस्य डिबी नेपाली लगाएत विभिन्न संघ-संश्थाका पदाधिकारीहरु,वुद्धीजीविहरु तथा संचारकर्मीहरुको  उपस्थितीमा सन्चालन हुने कार्यक्रमको सभापति उप-शाखाको अध्यक्ष नाम्गेल शेर्पाले गर्नुहुने भएको छ ।

उक्त उद्घाटन कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु तथा स्थानिय कलाकारहरुद्वारा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम पनि हुने कुरा क्लबका सल्लाहकार समितिका सदस्य तथा कार्यक्रमका सम्योजक समेत रहनु भएका डिबी नेपालीले सोलुअनलाइनलाई बताउनु भयो ।

साथै कार्यक्रमको दोस्रो दिन अर्थात मङ्सिर्-२७ गते भ्रमण वर्ष-२०११ को पुर्व सन्ध्यामा लुक्लामा पर्यटकहरुलाई गरिएको दु:खत व्यवहार प्रती विभिन्न पार्टी, होटल व्यवसायीहरु,एअरलाईन्सका वुद्धिजीविहरु तथा अन्य पर्यटन व्यवसायीहरुको भेलाले पर्यटकहरुमा पर्न जाने असुबिधा र असरप्रती अन्तरकृया गर्ने कार्यक्रम पनि हुने भएको छ ।

Advertisements

2 thoughts on “लुक्लामा फूटबल मैदानको उद्घाटन

  1. सम्पूर्ण खुम्बु बासिमिलेर संसारकोनै अग्लो ठाउमा रहेको फुडबल मैधान हो भन्ने चिनारी दिनको लागि हात अघाडी बढाऊ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s