जसिहाङको आवाजमा लट्ठ सोलुबासी


२६ मंसिर (सोलु अनलाइन) – “शीर माथि सगरमाथा टोपी ढल्काएर” ………………….. यसरी नै सक्कियो एउटा गीत अनि लामो समयसम्म ताली बजिरह्यो । ताली बजिरहँदा भावुक भए ति मिलनसार अनि इमान्दार गायक, उपस्थित दर्शकहरुलाई शीर निहुराएर अभिभावदन गरे अनि हर्षका आँसुका भावना मिसिएको स्वरमा उनले भने मलाई तपाईहरुको यो साथले भावुक बनाएकोछ अनि संगीतको यो विद्यार्थीलाई अझ केही गर्ने जाँगर मिलेको छ । …………… यसरी भावना साट्ने कलाकार थिए जसिहाङ राई ।
सोलुखुम्बुमा कलाकार जसिहाङ राईले हिजो सदरमुकाम सल्लेरीमा पहिलो पटक सांगीतिक कार्यक्रम प्रस्तुत गरे । जिमी राई उत्थान समाजको तेश्रो जिल्ला सम्मेलनको अवसर पारेर “सोलु एकल साँझ” नाम दिइएको सांगीतिक कार्यक्रम सल्लेरीको जिल्ला विकास समिक्षालयमा प्रस्तुत गरिएको हो ।
साँझ ७ बजेदेखि ४ घण्टासम्म चलेको कार्यक्रममा जसिहाङले आफूसँग सम्बन्धित गीत संगीत प्रस्तुत गरेका थिए । गीतहरुमा जसिहाङ कहिले दुधकोशीसँगै बगे, कहिले सगरमाथाको उचाईमा पुगे त कहिले नेचाका फाँटहरुमा रमे । पटक पटक जसिहाङले थोत्रो च्यातिएको कट्टुमा नेचामा धानसँग लडिबुडी खेलेको सम्झे, सहपाठीहरुलाई सम्झे अनि सांगीतिक संघर्षलाई बिर्सेनन् ।
एकल साँझमा जसिहाङले शीर माथि सगरमाथा, सोलु राम्रो छ, यस्तो गीत गाउन सकुँ, संगीतको धुन भित्र लगायतका दुई दर्जन गीत संगीत प्रस्तुत गर्नुभएको थियो । मंसिरको चिसोमा समेत जसिहाङको प्रस्तुतिवाट सहभागीहरु तात्तिएका थिए । कार्यक्रममा सहभागिता जनाउन जिल्लाका विभिन्न भागवाट एक दिन हिडेर समेत सहभागीहरु आएका थिए । कार्यक्रमका अवसरमा जिमी राई उत्थान समाजका कलाकारहरुले आकर्षक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

सांगीतिक क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको र सल्लेरीका श्रोताहरुले ठूलो हौसला प्रदान गरेको जसिहाङले कार्यक्रम पछि सोलु अनलाइनलाई बताउनुभयो । सोलुखुम्बुको माटो नै संगीतमय भएको बताउने जसिहाङ कार्यक्रमका दौरान पटक पटक भाबुक बनेका थिए ।
विगत एक दशक भन्दा बढि समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय नेचाबेतघारीका जसिहाङले झाँझरे चौतारी र अर्थ भित्र नामक एल्बम बजारमा ल्याइसक्नु भएको छ ।
जसिहाङले नेपालका विभिन्न जिल्लाहरुमा पुगेर कार्यक्रम आफ्नो कला प्रस्तुत गरिसकनु भएको छ । नेपाल बाहेक जर्मनी, पोर्चुगल, स्पेन तथा अष्ट्रियामा पनि आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गरिसक्नु भएको छ । जर्मनका लोकप्रिय संगीतकर्मी मार्गोट राइसिंगरसँग जसिहाङले पोर्चुगल पुगरे राइसिंगरकै संगीतमा आफ्नो आवाज समेत रेकर्ड गराएकाछन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s