पार्टीभित्रको बहस कुर्सिको झगडा होइन : डा. भट्टराई


२६ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले क्रान्तिलाई बिचमै छाडेर जनतालाई धोका नदिने बताउनु भएको छ । उहाँले जनयुद्ध र जनआन्दोलनका बाँकी कार्यभार जसरी भए पनि पूरा गरेरै छाड्ने बताउनुभयो ।

अखिल क्रान्तिकारीको १८ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा आइतबार प्रशिक्षण दिँदै उपाध्यक्ष डा. भट्टराईले भन्नुभयो, ‘२००७ सालमा नेपाली काङ्ग्रेस र २८ सालमा नेकपा एमालेले जनतालाई धोका दिएजस्तो माओवादीले जनताले धोका दिँदैन । क्रान्तिको कार्यभार पूरा गरेरै छाड्छ ।’

माओवादी शान्तिप्रक्रियाबाटै जनताको संविधानलाई पूर्णता दिने पक्षमा रहेको भन्दै उहाँले त्यसमा अवरोध भए जनताले बिद्रोह गर्ने र त्यसको नेतृत्व माओवादीले लिने स्पष्ट पार्नुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ र आफूबीच चल्दै आएको पार्टीको कार्यनीतिको बहस पदको भागबन्डा र कुर्सिको झगडा नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । ‘मेरो, अध्यक्षको र किरण जीबीचको बहस पदको भागबन्डा र कुर्सीको झगडा होइन,’ डा. भट्टराईले स्पष्ट पार्दै भन्नुभयो, ‘यो बहसको आडमा कसैले गुटबन्दी गर्न खोज्यो भने सैह्य हुँदैन ।’ उहाँले पार्टी भित्रको बहस एकताको लागि भएकोले तरङ्गित नहुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

‘अहिलेको शिक्षा नीति बेरोजगार उत्पादन गर्ने कारखाना’

उपाध्यक्ष डा. भट्टराईले वर्तमान शिक्षा नीति ‘बेरोजगार उत्पादन गर्ने कारखाना’ जस्तो भएको टिप्पणी गर्दै यसमा आमूल परिर्वतन गर्नुपर्ने बताउनुभयो । माओवादी श्रममा आधारित जनवादी शिक्षा नीतिको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो । हरेक नागरिकले सर्बसुलभ, बैज्ञानिक र निःशुल्क शिक्षा पाउनुपर्ने उहाँको भनाई थियो । ‘कसैको दया मायाको रुपमा नभई हरेक नागरिकलाई राज्यले नैसर्गिक अधिकारको रुपमा उच्च शिक्षा पाउनु पर्छ,’ डा. भट्टराईले भन्नुभयो, ‘अहिलेको बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो शिक्षा नीतिमा आमूल परिर्वतन हुनुपर्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s