मिस शेर्पा २०११ को अडिसन सम्पन्न


२६ मंसिर (सोलु अनलाइन) – प्रमोट कल्चर, सेभ आइडेनटीटी नाराको साथमा कार्यक्रमलाई निरन्तरता दिदै कला संस्कृति संरक्षण केन्द्रले मिस शेर्पा २०११ को आयोजना गर्न लागेकोछ । नेपाल शेर्पा संघको अनुमति लिएर सुन्दरताको माध्यमबाट शेर्पा समुदायको भाषा, भेषभूषा तथा रीतिरिवाजलाई प्रचारप्रसार गरि प्रर्वद्धन गर्ने उदेश्यले मिस शेर्पा २०११ को आयोजना गर्न लागेको आयोजक संस्था कला संस्कृति संरक्षण केन्द्रले जनाएको छ ।
सहभागिताका लागि आवेदन दिएकाहरु मध्ये २२ जना शेर्पा सुन्दरीहरुलाई शेर्पा कलाकार समाजको हलमा सम्पन्न अडिशनमा शेर्पा कलाकार समाजका कार्यकारी अध्यक्ष डिजे तेन्जिङ शेर्पा, शेर्पा फेशन होमकी संचालिका निमा शेर्पा तथा कोरियोग्राफर रोजिन शाक्यको निर्णयाक कमिटिले अन्तिम प्रतिशपर्धाका लागि छनौट गरेका छन् ।
कम्तिमा एसएलसी उत्तिर्ण, पा“च फिट भन्दा बढी उचाई भएका शेर्पा समुदायकका युवतिहरुले मात्र भाग लिन पाउने यस कार्यक्रममा     निर्णयाकहरुले शेर्पा भाषा र रीतिरिवाज सम्बिन्धि बिभिन्न प्रकारका प्रश्नहरु सहभागिहरुलाई सोधेका थिए ।
मिस शेर्पा २०११ का विजेताले नगद पचास हजार सहित नेपाल शेर्पा संघले प्रदान गर्ने शेर्पा कल्चरल एम्वेसडरको उपाधि पनि प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुनेले क्रमश तीस हजार र बीस हजार प्राप्त गर्नेछन् । यस अतिरिक्त मिस शेर्पा ट्यालेन्ट, मिस शेर्पा पर्सानालिटि, मिस फोटोजेनिक लगायतका उपाधि पनि प्रदान गर्ने कुरा आयोजक संस्थाले जनाएको छ ।
सहभागि युवतिहरुलाई बिभिन्न क्षेत्रका विज्ञहरु मार्फत एक महिनाको ब्यक्तित्व बिकास तथा शेर्पा कला र संस्कृति सम्बन्धि प्रशिक्षण प्रदान गरि माघ ७ गते  कार्यक्रमको अन्तिम प्रतिस्पर्धा आयोजना गरिने कुरा संस्थाका अध्यक्ष सन्तोष रौनियारले बताउनु भएकोछ ।
कार्यक्रमको अन्तिम प्रतिशपर्धा राष्ट्रिय नाचघरमा हुनेछ, जसको प्रत्यक्ष प्रसारण सगरमाथा टेलिभिजनबाट गरिनेछ ।
अहिले सहभागिहरुलाई हिमालयन शेर्पा सा“स्कृतिक केन्द्रले शेर्पा भाषा, नृत्य तथा रीतिरिवाज सम्बन्धि प्रशिक्षण दिइरहेको छ ।

Advertisements

One thought on “मिस शेर्पा २०११ को अडिसन सम्पन्न

  1. This is the best opportunity for those who want to achieve their goals in the future,I am so happy to read this thread and would like to support the organizer. It is an example and great chances to win further events to the international.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s