दक्षिणामा संकलन गरिएको पुस्तक विद्यालयलाई


२८ मंसिर (सोलु अनलाइन) – चोमोलुङमा प्रतिष्ठान नेपालले दिपावलीको अवसरमा काठमाण्डौमा देउसी खेली संकलन गरेको पुस्तक वीरेन्द्रज्योति उच्च मा.वि. सोताङलाई प्रदान गरेको छ । करिब ७ लाख मुल्य बराबरका ३५ सय पुस्तकहरु विद्यालयमा शनिबार आयोजित कार्यक्रममा प्रतिष्ठानका सचिव भद्रगोल किरातीले विद्यालयका प्रधानाध्यापक रामबाबु रेग्मीलाई हस्तान्तरण गर्नुभयो ।
पुस्तकहरु विद्यालयको पुस्तकालयमा राखिने र विद्यालयको नियमानुसार अध्ययन गर्ने अवसर दिइने रेग्मीले बताउनुभयो । पुस्तक हस्तान्तरण समारोहमा किरातीले विद्यालयलाई यस प्रकारको सहयोग निरन्तर रुपमा जारी राख्ने भएको छ ।
सोलुखुम्बुमा जन्मेर काठमाण्डौ उपत्यकामा कार्यरत सोलुखुम्बुबासीहरुले सञ्चालनमा ल्याएको चोमोलुङमा प्रतिष्ठानले गत तिहारमा काठमाण्डौमा देउसी खेलेर दक्षिणा स्वरुप पुस्तक संकलन गरेका थिए ।

Advertisements

3 thoughts on “दक्षिणामा संकलन गरिएको पुस्तक विद्यालयलाई

  1. भद्रगोल जी ! तपाईं महान हुनुहुन्छ/ तपाईंको यो उदारनीय कामको सबैले सम्मान गर्नु पर्छ/ यो साँच्ची नै प्रशंशनिय काम पनि हो/ तपाईंका यस्ता खाले प्रयास भविष्यमा पनि निरन्तर रहिरहने खबर सुन्दा अरु धेरै खुशी लागेको छ / चोमोलुङमा प्रतिष्ठान नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठान को सोलुखुम्बुको पहिलो ऐतिहासिक, साहित्य, लोक सँस्कृति महोत्सव संयुक्त रुपमा सम्पन गर्न ठूलो मेहनत गर्नु भा’कोमा यहाको सबैले प्रशंशा गर्नु पर्छ/

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s