पुर्वयुवराज पारसबिरुद्ध चितवन प्रहरीमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता


चितवन, मंसिर २८ – पुर्वयुवराज पारश शाहले गोली प्रहार गरी उप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीलाई ज्यान मार्ने उद्योग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता भएको छ । नेपालको इतिहासमा पुर्वयुवराज बिरुद्ध परेको संभवत यो पहिलो मुद्दा हो ।

चितवनको टाईगरटप्स होटलका पाहुना रुवेल चौधरीलाई गत शनिवार राती हतियार देखाएर ज्यान मर्ने उद्देश्य राखेको भन्दै मेघौली प्रहरीका एक प्रहरी सहायक निरीक्षकका नामवाट पारश शाह बिरुद्ध मुद्दा दर्ता भएको हो ।

चितवन प्रहरी कार्यालयमा दर्ता नं‌. १६६ रहेको मुद्दामा चितवनका एसपी पुष्पचन्द्र रञ्जितले आवश्क कारावही गर्नु भन्ने तोक आदेश लगाएका छन् । जिल्ला प्रहरी चितवनले काठमाण्डौं महानगरपालिका वडा नं ४ स्थित निर्मल निबास बस्ने तपाई पारश शाहले होटलका पाहुना रुवेल चौधरीलाई ज्यान मार्ने उदेश्यले फायरिङ समेत गरेको भन्ने आरोप छ भन्ने व्योहोराको पुर्जी जारी गरेको छ ।

चितवन प्रहरीले जिल्ला प्रहरी कार्यालय काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय कास्कीलाई पक्राउ पुर्जि पठाएर पारशलाई पक्राउ गरेर बुझाउनु भन्ने पत्र पठाएको छ ।

प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुक्का तयारी गरी त्यसैको आधारमा प्रहरीकै नामबाट पारश बिरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता भएको हो ।

चितवन प्रहरी कार्यालयले भने आफुहरुले त्यसवारे केही भन्न नमिल्ने जनायो । ‘यसवारे हामीले केही भन्न मिल्दैन’ जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिराज खडकाले भने ‘अनुसन्धान आयोग गठन भैसकेकाले तपाईले उतै सम्पर्क गर्नु ।’ उनले घट्ना सम्बन्धमा एकै ठाउँवाट मात्रै सूचना दिनु भन्ने माथिको आदेश रहेको पनि बताए । source : ekantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s