नुन बितरण शुरु


२९ मंसिर (सोलु अनलाइन) – साल्ट ट्रेडिङ कर्पोरेशन, सोलुखुम्बुले दशैंदेखि वितरण बन्द गरेको सहुलियत दरको नुन सोमबारदेखि पुनः वितरण शुरु गरेकोछ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको नुन आपूर्ति समितिको बैठकले नुन बितरण सुचारु गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार गा.बि.स.हरुलाई प्रतिघरधुरी ४ के.जी.का दरले नुन बितरण गरिनेछ । कर्मचारीको हकमा भने सम्बन्धित कार्यालयको सिफारिसमा नुन उपलब्ध गराइने साल्ट ट्रेडिङ कर्पोरेशन लि.का प्रमुख खेमप्रसाद खनालले बताउनुभयो ।
खुम्जुङ, नाम्चे, चौरिखर्क, चौलाखर्क, गोली र भकान्जे गा.वि.स.मा भने उपभोक्ता समिति मार्फत् नुन ढुवानी गरि वितरण गरिने खनालले बताउनुभयो । यस अघि ति गा.वि.स.हरुमा नुन बितरण गरिएको थिएन । मंसिर महिनादेखि २०६७ पुस मसान्तसम्म नुन बितरण गरिनेछ ।
साल्ट ट्रेडिङ सल्लेरीमा हाल ८२० क्विन्टल नुन मौज्दात रहेको र सो मध्ये २५० क्विन्टल नुन गत आर्थिक बर्षको मौज्दात भएको समेत खनालले जानकारी दिनुभयो । भारत सरकारको सहयोगमा प्राप्त नुन साल्ट ट्रेडिङले प्रति के.जी. ९ रुपैयामा बिक्री गरिरहेको छ भने सल्लेरी बजारमा प्रति के.जी. नुनको मुल्य रु. ३५ रहेको छ । ढुवानीका हिसाबले ठाउँ अनुसार नुनको मुल्य रु. ३० देखि रु. १ सयसम्म रहेको छ ।
साल्ट ट्रेडिङले सहुलियतमा बिक्री गरिरहेको भानु नुन बजारमा बिक्री गरेको पाइएमा बजार अनुगमन गरि नियमानुसार कारबाही गरिने पनि खनालले बताउनुभयो ।

Advertisements

One thought on “नुन बितरण शुरु

  1. अत्यन्तै महत्वपुर्ण कुरा के भने सोलुखुम्बुलाई नेपालकै नमुना जिल्ला बनाऊनका लागि भए पनि सरकारी स्तरदेखि नै कडाइ का साथ बजार अनुगमन लाई निरन्तरता दीईरहनु पर्छ ताकी कसैले पनि मिति नाघिसकेका र चोरी-चाकरी गरेका सामानको बेच-बिखन गरि समुदायको स्वास्थ्य र हक-अधिकार माथि खेलवाड गर्न नपाओस |
    — शेखरनाथ गौतम
    सोलु, सोतांग
    हाल, दुबाई

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s