मृतकको नाममा बृद्ध भत्ता लिएकोमा परेको उजुरीमा मिलापत्र


२९ मंसिर (सोलु अनलाइन) – सोलुखुम्बु गुदेल गाविसमा मृत्यु भईसकेका २ जनाको बृद्ध भत्ता लिएको बिषयमा ईलाका प्रहरी कार्यालय, सोताङमा परेको उजुरीमा मिलापत्र भएको छ । गुदेलकै ङ्वाङ तेम्बा शेर्पाले ब्यक्तिगत रिसिईबिका कारण प्रहरीमा उजुरी दिएको तथा आरोपित च्याम्बा शेर्पाले पनि गाविस सचिवले दिएको रकम सम्बन्धित परिवारलाई बुझाएको स्पष्ट भएपछि स्थानिय बुद्धिजिबि, शिक्षक लगायत अन्यको छलफलबाट उनिहरुबिच मिलापत्र गराईएको प्रहरी निरिक्षक छबिरमण भट्टराईले जानकारी दिनुभएको छ ।
वहाँकाअनुसार मृत्यु भईसकेको ब्यक्तिका नाममा लिईएको बृद्धभत्ता समेत सम्बन्धित परिवारलाई नै फिर्ता गर्ने सहमति भएको छ । बृद्धभत्ता लिँदा सम्बन्धित मृतकको मृत्यु दर्ता नभएको तथा गाविस सचिवले नियमाअनुसार भत्ता बितरण गरेको हुनाले त्यो बिबादको बिषय नभएको पनि प्रहरी निरिक्षक भट्टराईले स्पष्ट पार्नुभयो ।
हाल मृत्यु दर्ता भईसकेको र बृद्ध भत्ताको सुचीबाट उनिहरुको नाम हटाइएकाले आगामी दिनमा यस्तो समस्या नआउने पक्का भएपछि मात्र उनिहरुबिचको ब्यक्तिगत रिसिईबि मिलाउने कार्य भएको प्रहरीले जनाएको छ ।
२०६६ मंशिर महिना असार महिनामा नै मृत्यु भईसकेका गुदेल ९ का २ जनाको बृद्धभत्ता लिएको आरोप सहित तेम्बा शेर्पाले च्याम्बा शेर्पा उपर प्रहरीमा उजुरी दर्ता गराएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s