सभामुखलाई फिर्ता बोलाउन एमालेको माग


काठमाडौ, मंसिर २९ – प्रधानमन्त्रीमा कांग्रेसका नेता रामचन्द्र पौडेलको उम्मेदबारी कायमै रहेको भन्दै प्रधानमन्त्री माधवकुमार नेपालले संसदको विशेष अधिवेशनमा माओवादीले अघि सार्ने एजेण्डा एमालेले ‘फेल’ गराउनुपर्ने प्रस्ताव गरेका छन् ।

पार्टी केन्द्रीय समिति बैठकमा उनले पौडेलेको उम्मेदवारी संसदको अधिवेशन अन्त्यसंगै खारेज भएको भन्ने तर्क लोकतान्त्रिक र संसदीय मान्यताविरुद्घ भएको बताएका छ्् । बैठकमा सहभागी नेताहरुका अनुसार, प्रधानमन्त्रीले संसदका विचाराधिन बिषय अधिवेशन अन्त्यसंगै एकाएक समाप्त भएको भन्नु लोकतान्त्रिक र संसदीय पद्घतिको विरुद्घ हुने भन्दै त्यो अमान्य हुने धारणा पेश गरे ।

‘१६ पटकसम्म मतदानमा गएको प्रस्ताव एकाएक कस अन्त्य हुन्छ’ प्रधानमन्त्रीलाई उद्दृत गर्दै एक सहभागीले भने– ‘यदि विचाराधिन प्रस्ताव अधिवेशन अन्त्य संगै खारेज भयो भन्ने व्याख्या गर्ने हो भने यसबाट गलत नजिर बस्छ ।’ उनले आफू अनुकुल हुने व्याख्या गरेर पौडेलेको उम्मेदवारी प्रस्तावलाई त्यत्तिकै अन्त्य गराउने हो भने सदनमा विचाराधिन अन्य प्रस्तावहरु पनि अधिवेशन अन्त्य सँगै समाप्त हुन्छ भन्ने नजिर बस्ने उल्लेख गरेका थिए ।

प्रधानमन्त्रीले खेलको मैदानमा प्रवेश गरेपछि बीचैमा नियम परिवर्तन गर्न नमिल्ने भन्दै उम्मेदवारीको बैधताको प्रश्न संसदभित्रको छलफल नै टुंग्याउनुपर्ने धारणा राखेका छ्् । प्रधानमन्त्री चयनको टुंगो नलागुन्जेल नियमावली संशोधनको प्रक्रियामा जान नहुने बताए । उनले माओवादीले बिषेश अधिवेशन पौडेलको उम्मेवा नरहेको सम्बन्धमा ल्याउने प्रस्तावविरुद्घमा एमाले उभिनुपर्ने बताए ।

बैठकमा अधिकांश सदस्यले समयमा संसदको अधिवेशन नबोलाएकोमा सरकारको तीब्र आलोचना गरे । विपक्षीले विषेश अधिवेशनको तया गरिरहेको थाहा पाउँदा पाउँदै चासो नदिएकाले सरकार तल पर्ने स्थिति आएको धरणा सदस्यहरुको थियो ।

‘संसदको अधिवेशन बोलाउन ढिलो भएको हो’ पोलिटब्यूरो सदस्य प्रदीप ज्ञवालीले भने– ‘स्थिति बुझेर सरकारले समयमै कदम नचाल्दा तल पर्ने अवस्था सिर्जना भयो ।’

सरकार विहिनताको अन्त्यका लागि पार्टीको तटस्थताको नीति परिवर्तन गर्नुपर्ने आवाज उठेपछि मंगलबार बोल्ने अधिकासले ंयथास्थितिमा पौडेललाई समर्थन गरेर बहुमतको सरकार बनाउन नसकिने धारणा राखेका छ्् । जा प्रक्रियाको अन्त्य भएको अवस्थामा कांग्रेसकै नेतृत्वमा पनि सरकार बन्न सक्ने तर यथास्थितिमा भोट हाले समर्थन गर्न नहुने अधिकांशको राय थियो । रघुजी पन्त, गौ वली लगायत केही सदस्यले भने यथास्थितिमा पौडेललाई समर्थन गर्नुपर्ने धारणा राखेका थिए ।  यसअघि निशर्त पौडेललाई समर्थन गर्नुपर्ने धारणा राख्दै आएका कृष्णगोपाल श्रेष्ठ, काशीनाथ अधिका लगायत नेताले पनि मंगलबार भने  पहिले जाने प्रक्रिया अन्त्य हुनुपर्ने मत पेस गरे ।

सभामुखलाई फिर्ता बोलाउन माग

संसद र संविधान सभा भित्र सभामुख सुबास नेम्ब्ााङको भूमिका सन्तोषजनक नभएको भन्दै केही सदस्यहरुले उनलाई फिर्ता बोलाउनुपर्ने आवाज उठाएका छ्् ।  रामेश्वर फुयाल, भानुभक्त ढकाल लगायतले सभामुखको काम ठिक नभएकाले उनलाई फिर्ता बोलाउने प्रक्रिया पाटर्ीेले थाल्नु पर्ने प्रस्ताव गरेका हुन् । संसद भित्रै मन्त्री कु््ने सभास्हरुलाई कारवाही गर्न नसकेको, प्रधानमन्त्री निर्वाचन लगायत कतिपय बिषयहरुमा स्पष्ट ढंगले सभामुख प्रस्तुत नभएको लगायत आरोप उनीहरुले लगाएका छ्् ।  प्रधानमन्त्री नेपालले समेत मंगलबारको बैठकमा सभामुखको भूमिकाप्रति असन्तुष्टी व्यक्त गरे । उनले फिर्ता बोलाउने कुरा नगरे पनि भूमिकाबारे घुमाउरो शैलीमा असन्तुष्टी जनाएका हुन् । सभामुखले रातारात संसदको अधिवेशन अन्त्य गरेको,  नयाँ अधिवेशन बोलाउन आलटाल गरेको, विदेश भ्रमण नजान गरेका आग्रहबाट प्रधानमन्त्री असन्तुष्ट थिए । सहमतिको नाम सभामुखले संसदभित्र पार्टीलाई भन्दा पनि अन्य दललाई अनावश्यक प्राथमिकता दिएको एमालेको एउटा पक्षको आरोप छ । माओवादीले उठाउने एजेण्डा र प्रक्रियाहरुमा सभामुखले अलिक बढी झुकाव राखेको बुझाई केही नेताहरुको छ । source : ekantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s