सोलुखुम्बुको पहिलो ऐतिहासिक, साहित्य तथा लोक सँस्कृति महोत्सव झिनामसिना कमिकमजोरीका बाबजुध ऐतिहासिक भयो। महोत्सवले सोलुखुम्बुमा साहित्यिक पुल्ठो बाल्ने काम भएको छ। कार्यक्रमको सहभागितालाई हेर्दा श्रष्टा, सर्जकहरुको जोश जाँगरलाई हेर्दा यो पुल्ठो अब सोलुखुम्बुको चौतिस वटै गाविसमा पुग्नेछ।
सगरमाथाको अग्लाईमा सोलुखुम्बुको साहित्य होचो भईरहेको अवस्थामा महोत्सवले यहाँको साहित्यलाई पनि उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ। सोलुखुम्बु दुई दर्जन ”स” हरुले चिनिएको छ। यसमा अझ तीन वटा “स” केही समय अघि मात्रै थपिएकाछन्। जसमा मलाई लाग्छ सञ्चार, सडक र साहित्य। साहित्यमा पहिला पनि विभिन्न गतिविधी भए पनि साहित्यले उचाई लिन नपाइरहेको अवस्थामा महोत्सवले साहित्यलाई थप उचाईमा पुर्याउने छ। अतिथिहरुको शब्द सापटी लिने हो भने सोलुखुम्बु साहित्य र कलाको सम्भावनाको दृष्टिकोणवाट उर्बर भूमि भए पनि बाँझो रहेको अवस्थामा छ।
यो जिल्ला आदिवासी जनजातिहरुको बसोबास, यहाँको परम्परागत सँस्कृति लगायतले धनि छ। यसलाई अझ माथि उकास्नु चोमोलुङमा प्रतिष्ठान नेपालले सहयोग गरेको छ। प्रतिष्ठान काठमाडौंमा रहेका श्रष्टाहरुले स्थापना गरेको भए पनि हामीले जहिले पनि आफ्नो आँगन, आफ्नो माटो, आफ्नै ठाउँलाई सम्झी रहेका छौं ।
यस पटक नेपाल प्रज्ञा प्रतिष्ठानसँग पहिलो पटक मिलेर जिल्लामा यो ऐतिहासिक महोत्सव गर्न सफल भयौं। अब, नेपाल ललितकला प्रतिष्ठानका प्रज्ञाहरुसगँ पनि मिलरे अर्को कार्यक्रम पनि गर्ने बिषयमा छलफल भएको छ। जे जस्तो भए पनि थप कार्यक्रमहरुका लागि बाटो भने पक्कै खोलिदिएको छ। हामीले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काइलाको सम्मानमा चोक घोषणापनि गरेका छौं।
यस कारणले पनि यसको महत्व बढेको छ। कार्यक्रमको तयारीको सिलसिलामा कहिले काही त कुन दिनमा मैले यो काममा हात हालेछु भन्ने पनि लाग्यो। दुई महिना अघिदेखि लगातार कहिले कता कहिले कताको दौडाई भयो, केही दुख पनि भयो। तर ति सबै दुखहरु सोलुमा भएको दुई दिने कार्यक्रमले बढारेर लगेको छ, सारा दुखहरु यतिखेर मैले भुलेको छु। अझ प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरुले सोलुखुम्बु साहित्य, सँस्कृतिमा अपार धनि रहेछ भनेर भनिदिँदा मलाई गौरवको महसुस भयो।
श्रृजनाहरुमा अझै मेहनतको जरुरी भए पनि महोत्सवमा तीन पुस्ताको संयोग देखियो। बालबालिका, युवा अनि ६०/७० बर्षका अग्रज पुस्ताहरुले आफ्ना श्रृजनाहरु रुचिकासाथ प्रस्तुत गरिनु पनि राम्रो पक्ष रह्यो। पक्कै पनि कला, साहित्यलाई अघि बढाउन निरन्तर कार्यक्रमहरुको खाँचो छ। यस तर्फ ध्यान दिन म सबैलाई आगह्र गर्छु। भौतिक विकास जति सजिलो पक्कै छैन चेतनाको विकास। सडक खन्न, बिजुली बाल्न जति गाह्रो छ त्यो भन्दा गाह्रो दिमागका चेतनाको सडक खन्न अनि चेतनाको बिजुली बाल्न गाह्रो छ। (सोलुखुम्बुको पहिलो ऐतिहासिक, साहित्य तथा लोक सँस्कृति महोत्सवका संयोजक भद्रगोल किरातीसँग मनोज श्रेष्ठले गरेको कुराकानीमा आधारित)
Badhai chha kirati ji lai kam sabai tir ko milayer lanu hola natra feri Bhadragol hola mahotsaba saknu bho badhai chha feri