बि.पी. सँस्कृत विद्यापिठमा तालाबन्दी


१ पुस – क्याम्पस प्रमुखले मनोमानी ढङ्गले कर्मचारीहरु नियुक्ती गरेको भन्दै बिपी संस्कृत बिद्यापिठ सल्यान सोलुखुम्बुका अभिभावक र विद्यार्थीहरुले बिहिबारदेखि क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । क्याम्पस प्रमुख नेत्रबिनोद भट्टराईले अबैधानिक तवरले कोठे नियुक्ती गरेका कर्मचारीलाई हाजिर हुनै नदिने भन्दै नियुक्ती बदरको माग सहित आन्दोलनमा उत्रेका उनिहरुले क्याम्पसको सबै कामकाज ठप्प हुने गरि तालबन्दी गरेका हुन् । जिल्लाकै एक मात्र संस्कृत माध्यममा पढाई हुने क्याम्पस वि.पी. संस्कृत विद्यापीठका क्याम्पस प्रमुखले रिक्त रहेका दरबन्दीहरु प्राध्यापक, कम्प्युटर अपरेटर, असिस्टेन्स र लेखापालमा क्रमशः क्याम्पस प्रमुखका आफ्नै भाई छविप्रसाद भट्टराई, सिताराम काफ्ले, युवराज राई र हेमराज कट्टेललाई नियुक्ती गरेपछि बिद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् ।
क्याम्पसमा रिक्त दरबन्दीमा स्थानीय तवरबाटै विज्ञापन गरि सबैले प्रतिस्पर्धा गर्नु पाउनु पर्ने माग सहित आन्दोलनकारी अनेरास्ववियु र अखिल क्रान्तिकारीले विद्यापीठ ईकाइ समितिले २४ घण्टा भित्र क्याम्पस प्रमुख उपस्थित हुनु पर्ने र कोठे नियुक्ती तत्काल बदर गरि विज्ञापनको प्रक्रियामा जानु पर्ने लगायतका माग राखेका छन् । क्याम्पस प्रमुखले पुर्व मन्त्री बलबहादुर केसीसँगको मिलोमतोमा आफ्नै भाईभतिजा र केसी निकटका कार्यकर्ता भर्ति गरेको उनीहरुको दाबी छ । ३ महिनादेखि क्याम्पसमा अनुपस्थित क्याम्पसप्रमुखले रिक्त रहेका दरबन्दीहरुमा काठमाण्डौमा नै बसेर विज्ञापन वा सम्बद्ध पक्षहरुको अनुमति बेगरै कर्मचारी नियुक्ती गरेर हाजीरीहुन क्याम्पसमा पठाउन खोजेपछि आफुहरुले बिरोध गरेको आन्दोलनरत बिद्यार्थीले बताएका छन् । सो क्याम्पसका स्ववियु सभापति हिमाल निरौलाले नेपाल संस्कृत बिश्वबिद्यालयको नियमावली बिपरित प्राचार्यले गरेको ठाडो नियुक्ति फिर्ता नगरेसम्म क्याम्पसमा लगाइएको ताला नखोल्ने नखोल्ने चेतावनी दिनुभयो ।
यता क्याम्पसका प्राचार्य नेत्रबिनोद भटराईले भने नेपाल संस्कृत बिश्वबिद्यालयको संसोधित नियामावलीले आफुलाई दिइएको अधिकारको आधारमा प्रध्यापक तथा कर्मचारी नियुक्ती गरेको दावी गर्नुभएको छ । रिक्त पदमा कर्मचारी नियुक्ति गर्नको लागि बिज्ञापन प्रकाशन गर्न नेपाल संस्कृत बिश्वबिद्यालयले स्विकृती नदिएपछि आफुले अस्थायी कर्मचारी नियुक्ती गरेको प्राचार्य भटराईले बताउनु भयो । यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव कात्तिकेय झाले आफुलाई यसबारे केही पनि जानकारी नभएको र आफुले क्याम्पसप्रमुखलाई निर्देशन पनि नदिएको बताउनु भयो । उहाँले यसबारेमा आफुकहाँ उजुरी आएमा नियुक्तीलाई समर्थन नगरी कानुन र बिधी सम्मत अगाडी बढ्ने बताउनु भयो ।  बिद्यार्थीहरुको मागपत्र आफुले आज नै नेपाल संस्कृत बिश्वबिद्यालयको उपकुलपती कार्यालय, शिक्षाध्यक्षको कार्यालय र कुल सचिवको कार्यालयमा पठाईसकेको क्याम्पसका प्रशासन प्रमुख लोकेन्द्र राउतले जानकारी दिनुभयो । source : solufm

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s