तारा एयरको विमान ओखलढुंगामा दुर्घटना, सबैको मृत्यु


ओखलढुंगा, पुस १ – बुधबार दिउँसोदेखि हराएको तारा एयरको विमान ओखलढुंगाको श्रीचौर गाविसमा दुर्घटनाग्रस्त अवस्थामा बिहीबार बिहान फेला परेको छ । विमानमा सवार सबैको निधन भएको छ । विमानमा चालक दलका तीन जना सहित २२ जना थिए । उद्धारका लागि प्रहरी र नेपाली सेना घट्नास्थलमा पुगिसकेको छ ।

सैनिक स्रोतले जनाएअनुसार घटनास्थलमा २२ जनाको शव भेटिएको छ । शव क्षतविक्षत अवस्थामा रहेको छ । शवहरुलाई संकलन गर्ने कार्यमा सेना र प्रहरी खटिएका छन् । घट्नास्थलमा रहेको सेनाको हेलिकप्टरबाट शवहरुलाई काठमाडौं लाने तयारी गरिएको छ ।

त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डिआईजी रमेशशेखर बज्राचार्यका अनुसार विमान पालुङ्गे डाँडामा ठोक्किएर दुर्घटना भएको छ । घटनास्थलमा ओखलढुंगाका डिएसपी रामकृपाला साहको नेतृत्वमा प्रहरी टोली उद्धारका लागि पुगेका छन् ।

घटनास्थलमा विमान टुक्रा टुक्रा भेटिएको छ । तारा एयरको ९ एन एएफएक्स-डीएचसी ६ टि्वनअटर बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा खोटाङको लामीडाँडा विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो ।  उडेको ५ मिनेटपछि उक्त विमान सम्पर्क बाहिर गएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s