एमालेको तटस्थता तोडियो


काठमाडौं, पुस २ – एमालेले प्रधानमन्त्री निर्वाचनमा तटस्थ बस्ने पाँच महिना अघिको निर्णय परिमार्जन गर्दै बुहमतीय सरकार निर्माणका लागि पनि तयार भएको छ । केन्द्रीय समितिको जारी बैठकले आफ्नै पहलका राष्ट्रिय सहमतिको सरकारको प्रयास गर्ने तर त्यो सफल नभए अन्य कुनै दलको नेतृत्वमा बन्ने  बुहमतीय सरकारलाई पनि सघाउने निर्णय गरेको हो ।

एमालेले बुहमतीय प्रक्रियामा जानका लागि रामचन्द्र पौडेलको उम्मेद्वारी फिर्तालाई पहिलो सर्त बताएको छ । पौडेलको उम्मेद्वारी फिर्ता भएपछि सहमतिको नयाँ वातावरण बन्ने र त्यस्तो अवस्थामा बहुमतीय सरकारकै लागि काग्रेसलाई समेत समर्थन गर्न सकिने एमालेको निर्णय छ ।

पौडेलले उम्मेद्वारी फिर्ता नलिए  मतदान मार्फत् उनलाई प्रधानमन्त्रीमा निर्वाचन गरियोस् भन्ने संसदमा विचाराधिन प्रस्तावलाई मतदान मार्फत् ‘फेल’ गराउने भएको छ ।

त्यस्तै माओवादीलाई पनि संसदको विषेश अधिवेशन फिर्त लिन एमालेले आह्वान गरेको छ । यदी माओवादी बिषेश अधिवेशनबाट पछि नहटे उसले संसदमा ल्याउने प्रस्तावहरुलाई पनि फेल गराउने एमालेको निर्णय छ ।

संसदको नियमावली परिवर्तन मार्फत् जारी प्रक्रिया अन्त्य गर्नका लागि नियमित अधिवेशन आह्वान भएपछि  त्यस सम्बन्धि प्रस्ताव लाने निर्णय पनि भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s