आयोजक बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा


काठमाडौँ, – आयोजक बंगलादेशलाई ३-० ले पराजित गर्दै नेपाल प्रथम महिला साफ फुटबल च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भएको छ। आज भएको सेमी फाइनलमा जमुना गुरुङले २ र अनु लामाले १ गोल गरेकी छिन्। फाइनलमा नेपालको भिडन्त भारतसँग हुनेछ। बंगलादेशको कक्स बजारमा भइरहेको प्रतियोगितामा लगातार चौथो जित हात पारेको नेपालले विपक्षीमाथि ३४ गोल बर्साइसकेको छ। समूह चरणका तीन खेल र सेमी फाइनलको एक गरी चार खेल्दा नेपालले एउटै गोल खानुपरेको छैन।  शनिबार समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो।नेपाल पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले र अफगानिस्तानलाई १३-० ले पराजित गरेको थियो।  ३४ मध्येको २१ गोल अनु लामा र जमुना गुरुङले नाम मै छ। अनुले ११ र जमुनाले १० गोल गरिसकेका छन्।  अनु र जमुनासहित सात नेपाली खेलाडीले प्रतियोगितामा गोल गर्न भ्याएका छन्।

nagarik

Advertisements

One thought on “आयोजक बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

  1. यो त साँच्चै गौरवको कुरा हो | खेलकुदमा सबै क्षेत्रबाट चासो दिने हो भने नेपालले विश्व माझ धेरै छिटो नाम कमाउन सक्छ | यसमा सबैको ध्यान जानु धेरै महत्वपूर्ण छ|
    शेखरनाथ गौतम
    सोलु-,सोतांग -३ तप्लाशी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s