भक्तपुरमा पर्यटकलाई निशुल्क इन्टरनेट


काठमाडौं  – पर्यटन वर्षको अवसरमा भक्तपुर नगरपालिकाले पर्यटकलाई निशुल्क इन्टरनेट सुविधा दिने भएको छ। भक्तपुर नगरपालिकाले दरबार स्क्वाएर प्रवेश गर्ने पर्यटकलाई सूचना केन्द्र मार्फत निशुल्क इमेल, इन्टरनेट सर्फ गर्ने सुविधा दिने भएको हो। ‘सूचना केन्द्रमा दुईवटा कम्प्युटर पर्यटकले निशुल्क प्रयोग गर्न पाउनेगरि राख्दैछौं,’ भक्तपुर नगरपालिकाका सूचना अधिकृत दामोदर सुवालले भने। यो सूचना केन्द्रमा स्थानीय पुरातात्विक, सांस्कृतिक कार्यक्रम देखाउनेगरि टेलिभिजन सेट समेत राख्ने तयारी नगरपालिकाले गरेको छ। भक्तपुर नगरपालिकाले पुस १७ देखि नगरभित्र घुम्न आउने विदेशी पर्यटकलाई प्रवेश शुल्क बढाउने निर्णय गरेको छ।  नपाले सार्क मुलुकका नागरिकलाई एकसय रुपैयाँ र गैरसार्क मुलुकका नागरिकलाई एकहजार एकसय रुपैयाँ प्रवेश शुल्क लिने भएको छ। अहिलेसम्म सार्क मुलुकका नागरिकलाई ५० रुपैयाँ र गैरसार्क नागरिकलाई सातसय ५० रुपैयाँ लिइरहेको छ।  नेपालका नगरपालिकाहरु मध्य भक्तपुरले सबैभन्दा सुरुमा पर्यटकलाई सेवा शुल्क लिन सुरु गरेको हो। २०५० सालदेखि सुरु गरिएको पर्यटक सेवा शुल्क अन्तरगत अहिलेसम्म ८५ करोड रुपैयाँ संकलन भएको सुवालले बताए।  पर्यटन वर्षको अवसरमा काठमाडौं उपत्यकाका पाँचवर्ट नगरपालिकाहरुले अहिलेसम्म गरेका र अब गर्ने कार्यक्रम बारे जानकारी दिएका थिए। काठमाडौं महानगरपालिकाले पुरातात्विक मार्गमा ढुंगा विच्छ्याउने, ऐतिहासिक स्थलको मर्मत गरिरहेको महानगरका अधिकारीहरुले जानकारी दिएका थिए।  ललितपुर उपमहानगरपालिकाले नगरक्षेत्रका एतिहासिक स्थलको मर्मत संभार गर्न सुरु गरेको अधिकारीहरुले जानकारी दिएका थिए।

ललितपुरले नगरक्षेत्रमा आउन चाहने पर्यटकलाई प्रयाप्त जानकारी दिने गरि आफ्नो वेवसाइटलाई अद्यावधिक गर्ने तयारी गरिरहेको छ। माइक्रोसफ्टले नेपालमै खोल्यो इनोभेसन सेन्टर काठमाडौं, पुस २ (नागरिक) – नेपालमै कम्प्युटर सफ्टवयर उत्पादन गर्नेगरि माइक्रोसफ्टले ‘इनोभेसन सेन्टर’ सुरु गरेको छ। माइक्रोसफ्टका वरिष्ठ अधिकारीहरुको उपस्थितीमा काठमाडौंमा यो केन्द्र उद्घाटन गरिएको छ।
माइक्रोसफ्टका नेपाली साझेदार अनलिमिटेडका प्रमुख कार्यकारी अधिकृत एलेनबैलोचन तुलाधरले इनोभेसन सेन्टरबाट विद्यार्थी, व्यबसायीक सफ्टवयर निर्माता, भरखरै काम सुरु गरेका उद्यमी, औद्योगिक संघसंस्थाले सेवा लिन सक्नेछन्। माइक्रोसफ्टले नेपालमा कम्प्युटरको प्रयोग बढ्दै गएको र स्थानीय भाषामा प्रोग्रामहरु उत्पादन गर्ने नीति अनुसार यो केन्द्र स्थापना गरेको हो। ‘यो केन्द्रको स्थापनाले दक्ष कम्प्युटर प्रोग्रामरहरुले अवसर नपाएर बिदेश पलायन हुने क्रम केही रोकिने हाम्रो अपेक्षा हो,’ तुलाधरले भने। इनोभेसन केन्द्र स्थापनाको लागि माइक्रोसफ्ट सिंगापुर र रेडवर्नले सहयोग गरेका छन्।  ‘नेपालजस्तो उदीयमान देशहरुमा सफ्टवयर क्षेत्रमा थुप्रै चुनौतिहरु छन्, त्यसलाई माइक्रोसफ्टले अवसरको रुपमा लिएर काम गर्दैछ,’ माइक्रोसफ्ट सिंगापुरका ड्यानियल बुलम्यानले भने। माइक्रोसफ्टले दक्षिण एसियाली देशमध्य सबैभन्दा पहिले पाकिस्तानको कराचीमा यस्तो इनोभेसन सेन्टर स्थापना गरेको थियो। अहिले पाकिस्तानको कराची र लाहौरमा माइक्रोसफ्टका इनोभेसन सेन्टरहरु खुलिसकेका छन्। नेपालमा खुलेको इनोभेसन सेन्टरबाट सूचना प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान अघि बढाउन सजिलो हुने माइक्रोसफ्टका अधिकारीहरुले बताएका छन्।  नेपालमा माइक्रोसफ्टले केही वर्षदेखि सहयोग गर्दै आएको छ। गत वर्ष १५ हजार विद्यार्थीलाई विन्डोज सफ्टवयर निशुल्क वितरण गरेकोमा यस वर्ष३० हजारलाई बाँड्ने कार्यक्रम रहेको तुलाधरले बताए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s