अनमिनको सम्पत्ति नेपालमै रहनसक्ने


काठमाडौं, पुस ७  – राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन ल्यानग्रेनले अनमिनले प्रयोग गर्दै आएका उपकरण तथा गाडीहरु नेपाल सरकारले ऋण सहयोगका रुपमा लिन सक्ने र पछि त्यसलाई सहयोगका रुपमा हस्तान्तरण गर्न सकिने बताएकी छिन्।
अनमिन तीन सातापछि नेपालबाट बाहिरिँदै छ। प्रधानमन्त्री माधवकुमार नेपालसँग ल्यानग्रेनले प्रधानमन्त्रीकै कार्यकक्षमा गरेको भेटमा अनमिनले प्रयोग गर्दै आएको उपकरण गाडी लगायतका सामग्री हस्तान्तरण तथा राष्ट्रसंघीय राजनीतिक मामिला सम्बन्धी उपमहासचिव वि लिन पास्कोले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‍मा गरेको ‘ब्रिफिङ’का सम्बन्धमा कुराकानी भएको थियो।

 

त्यस अवसरमा ल्यानग्रेनले छोटो अवधिका कारण अनमिनले प्रयोग गर्दै आएको उपकरण लगायतका सामग्री तत्काल हस्तान्तरण गर्न अप्ठ्यारो भएकाले बहिर्गमनको केही समयपछि सहयोगका रुपमा हस्तान्तरण गर्न सकिने बताएकी थिइन्। उनले अनमिन टोली आगामी जनवरी १५ पछि फिर्ता हुने तयारीमा रहेको जानकारी दिँदै बहिर्गमन लगत्तै अनमिनले प्रयोग गरिरहेको भौतिक सामग्रीहरु ऋण सहयोगका रुपमा नेपाल सरकारले प्रयोग गर्न सक्ने र पछि सहयोगका रुपमा हस्तान्तरण गर्न सकिने बताएकी प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जनाएका छन्। जवाफमा प्रधान मन्त्रीले नेपालको शान्ति प्रक्रियामा अनमिनले खेलेको भूमिकाप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट आभार व्यक्त गरेका थिए।

भेटमा पास्कोले सुरक्षा परिषद्‍मा गरेको ब्रिफिङबारे पनि कुराकानी भएको थियो। पास्कोको भ्रमणमा राजनीतिक दलहरुलाई बिस्तृत शान्ति सम्झौतालाई मुख्य शान्ति प्रक्रिया टुंग्याउन स्मरण गराएको र त्यस सिलसिलामा राजनीतिक दलहरुले सम्झौता बमोजिम नै शान्ति प्रक्रिया टुंग्याउने प्रतिवद्धता जनाएको सम्बन्धमा परिषद्लाई ब्रिफिङ गरिएको प्रधानमन्त्रीलाई अवगत गराएकी थिइन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s