सर्वाधिक नगद पुरस्कार राशीको फुटबल र भलिबल प्रतियोगिता हुने


पुस ८ (सोलु अनलाइन) – नेपाल पर्यटन बर्ष २०११ को शुरुवात्सँगै सोलुखुम्बुको पर्यटकीय स्थल चौरिखर्कको लुक्लामा फुटबल र बुङमा भलिबल प्रतियोगिता हुने भएको छ । यि दुवै प्रतियोगिता जिल्लाकै सर्वाधिक नगद पुरस्कार राशी भएको प्रतियोगिता हुनेछ ।

नेपाल पर्यटन बर्षको सफलताको कामनाका साथ सगरमाथाको प्रवेशद्वारा लुक्लामा पहिलो पटक खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक फ्रेण्डशीप युथ क्लव, लुक्ला शाखाका अध्यक्ष नाम्गेल शेर्पाले बताए । पर्यटकहरुको आवतजावत् भईरहने लुक्लामा हुने प्रतियोगिताले विश्वभरी नै नेपाल पर्यटन बर्ष सन् २०११ को सकारात्मक सन्देश जाने शेर्पाको दाबी छ । खुल्ला फुटबल पुस २८ गतेदेखि शुरु हुनेछ ।

यस्तै कुलुङहरुको महान् चाँड चाक्चाकुरको अवसर पारेर बुङमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । जिल्ला स्तरीय खुल्ला पच ट्रफी खुल्ला पुरुष भलिबल प्रतियोगिता पुस १३ गतेदेखि शुरु हुनेछ । भलिबल सगरमाथा माध्यमिक विद्यालय बुङको खेल मैदानमा हुनेछ । यो प्रतियोगिता नेपाली कांगग्रेस गाउँ कार्य समिति र नेपाल विद्यार्थी संघ इकाई समिति सगरमाथा माविको आयोजनामा हुन लागेको हो । भलिबल प्रतियोगिताको पुरस्कार क्रमशः ३५ हजार ५ सय, २० हजार र १० हजार तोकिएको छ । फुटबल प्रतियोगितामा भने पुरस्कार स्वरुप क्रमशः ३३ हजार ३३३, २२ हजार २२२ र ११ हजार १११ प्रदान गरिनेछ ।

यस अघि जिल्लाको जेठो सामाजिक संस्था योङ्ग स्टार क्लवले ५० हजार राशी बराबरको रनिङ शिल्ड तथा ३५ हजार नगद पुरस्कार प्रदान गरि जिल्ला स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s