अखिलको उपत्यका बन्द १२ बजेपछि सकियो


काठमाडौँ, पुस ९ – सरकारको नेतृत्व गरिरहेको एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुले गरेको उपत्यका बन्द अहिले मध्याह्न १२ बजेपछि कोणसभा आयोजना गरी सकिएको छ। बन्दका कारण सडकमा कम सवारी साधन गुडेका थिए। बन्द गराउँदै हिँडने २ सय जनालाई प्रहरीले पक्रेको अखिलले जनाएको छ।

बन्दका क्रममा प्रदर्शनी मार्ग, घण्टाघर आदि ठाउँमा प्रहरी र विद्यार्थीबीच झडप भएको थियो।  त्रिचन्द्र कलेजमा नेपाली कङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घका विद्यार्थीले आफ्ना विद्यार्थी वीरेन्द्र रावलमाथि खुकुरी प्रहार गरेको विरोधमा दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै अखिलले आजको बन्द आयोजना गरेको हो।

सो आरोपमा प्रहरीले नेविसङ्घका दुई विद्यार्थीलाई हिरासतमा राखेको छ। महानगरीय प्रहरी परिसरको टोलीले ठमेलको चाक्सीबारीबाट पक्राउ गरेका त्रिचन्द्र स्ववियु सचिव सञ्जय यादव र समर्थक लोकप्रसाद सिवाकोटीलाई  मुक्त गर्नुपर्ने माग राख्दै नेविसङ्घले पनि कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s