माओवादी स्थायी समितिको बैठक बस्दै


११ पौष, काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक अहिले केहिबेरमा बस्दैछ छ । प्रचण्ड निवास नयाँ बजारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल हुने माओवादी सचिव पोष्टबहादुर वोगटीले जानकारी दिनुभयो ।

बैठकमा सरकार गठन बारे ठोस सहमति नभई संसदको नियमित अधिवेशन नबोलाउने सत्तारुढ दलहरुको निर्णय बारे छलफल हुनेछ । सत्तारुढ दलहरुको निर्णयलाई माओवादीले तीन दलबीचको सहमति विपरित र धोका भनेको छ ।

मिडियासँग कुरा गर्दै वोगटीले भन्नुभयो,’यसले सरकार र सत्तारुढ दलहरु जनताको भावना विपरित मुलुकलाई अस्थिरता र द्वन्द्व तिर धकेल्न उद्धत छ भन्ने प्रष्ट भएको छ ।’

उहाँले यस विषयमा स्थायी समितिको बैठकले पार्टीको धारणा प्रष्ट पार्ने जानकारी दिनुभयो । गत बिहीबार प्रमुख तीन दलबीच माओवादीले विशेष अधिवेशनको प्रस्ताव फिर्ता लिने र सरकारले एक साताभित्र संसदको नियमित अधिवेशन बोलाउने सहमति भएको थियो ।

तर सत्तारुढ दलहरुको शनिबार बसेको बैठकले नयाँ सरकार गठन, शान्ति प्रक्रिया र संविधान निर्माण बारे सहमति नभई संसदको नियमित अधिवेशन नबोलाउने सहमति गरेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s