सगरमाथा आधार शिबिरमा स्वचालित क्यामेरा


सोलुखुम्बु/सोलुअनलाइन – जलवायु परिवर्तनको कारण उत्पन्न असरबारे अध्ययन गर्न सगरमाथा आधार शिविर क्षेत्रमा ४ वटा स्वचालित क्यामेरा जडान गरिएको छ । जलवायु परिवर्तनको असरबारे अध्ययन गरिरहेको एक अमेरिकन संस्थाले सो क्यामेराहरु जडान गरेको हो ।

ति क्यामेराहरुले हरेक १ घन्टाको फरकमा खिचेको फोटो स्याटलाईट मार्फत् सम्बन्धित कार्यालयमा हेर्न सकिने व्यवस्था गरिएको छ । सोलारबाट चल्ने ति क्यामेराले सगरमाथाको आधार शिविरको आइस वाल र सगरमाथाको नजिकै रहेको ल्होत्से र नुप्चे हिमालको हिउँ र आइसको गतिबिधिको प्रत्यक्ष रेकर्ड राख्ने छन् ।

क्यामेराहरु सगरमाथा आधार शिविरभन्दा माथि ५ हजार ८ सय मिटरको सुरक्षित उचाईमा राखिएको छ । क्यामेरामा २६ जिबीको मेमोरी रहेको छ । ति क्यामराले खिचिएका तस्विरबाट जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असरबारे महत्वपूर्ण जानकारी प्राप्त हुने अध्ययनरत संस्थाले जनाएको छ । सो संश्था एशियन ट्रेकिङ मार्फत सगरमाथा क्षत्रेमा पुगेका हुन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s