सतर्कता केन्द्रको पत्र / कामपामा करोडौं हिनामिना भएको आशंका


ईश्वरराज ढकाल, (काठमाडौं), एक दशकअघिदेखि नगरबासीसँग धरौटीबापत संकलन गरिएको करोडौं रुपियाँ हिनामिना भएको आशंकामा राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं महानगरपालिकालाई एक साताभित्र सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको छ।  २०५७ सालदेखि ०५९ सालसम्म नक्सापास गर्दा कामपाले धरौटीबापत २० करोड रुपियाँभन्दा बढी रकम उठाएको थियो। घर निर्माण भएपछि धरौटीबापतको रकम फिर्ता दिनुपर्ने प्रावधान हुंदाहुँदै उक्त रकम फिर्ता गर्दा हिनामिना भएको अशंकामा सतर्कताले कामपालाई पत्राचार गरेको हो। ०५७ सालदेखि विभिन्न व्यक्तिले घर निर्माण गर्न नक्सापास गराउँदा राखेको धरौटी सम्बन्धमा धरौटी राख्नेको नाम ठेगाना पटक-पटक धरौटी राखेको रकम फिर्ता गरेको रकम चेक नम्बर र मितिसहितको यकिन विवरण ७ दिनभित्र पठाउन पत्र उल्लेख गर्दे राष्ट्रिय सतर्कता केन्द्रको अनुगमन तथा अन्वेषण शाखाले पत्राचार गरेको छ।  कामपाले घरको नक्सापास गर्दा प्रतिस्क्वायर फिट पाँच रुपियाँका दरले धरौटी लिएको थियो। केन्द्रले कामपामा करोडौं रुपियाँ भ्रष्टाचार भएको आशंका गर्दै सम्पूर्ण विवरण माग गरिएको जनाएको छ। कामपा शहरी विकास विभाग प्रमुख देवेन्द्र डंगोलले सतर्कता केन्द्रले माग गरेबमोजिम सम्पूर्ण विवरण तयार गरी आर्थिक व्यवस्थापन विभागलाई पठाइसकेको बताउँदै त्यस विषयमा कामपाले कुनै पनि भ्रष्टाचार नगरेको दाबी गर्नुभयो। तर केन्द्रले गएको २८ गते निर्देशन दिए पनि कामपाले हालसम्म कुनै पनि विवरण पठाएको छैन। कामपाको कार्यकारी सचिवालयले यही पुस ७ गतेमात्र विवरण माग गरेको थियो।
कामपा स्रोतका अनुसार नगरबासीबाट संकलन गरेको धरौटीबापतको रकममध्ये कर्मचारीलाई तलब खुवाउन आर्थिक व्यवस्थापन विभागले करिब १० करोड रुपियाँ सापटी लिएको थाहा भएको छ। विभागका प्रमुख सनतकुमार थापाले केन्द्रको मागअनुसार विवरण बुझाउने तयारी भएको उल्लेख गर्नुभयो। कामपासँग भने कति व्यक्तिसँग धरौटीबापत कति रुपियाँ संकलन गरियो भन्ने यकिन विवरणसमेत नभएको स्रोतले बतायो। केन्द्रले भ्रष्टाचार गर्ने निकायमध्ये उच्च स्थानमा राखिएको कामपामा सतर्कता केन्द्रको ७ दिने निर्देशन पत्र पुगेपछि अर्को सन्त्रास फैलिएको छ। कामपाको आर्थिक र शहरी विकास विभागका प्रमुखको निर्देशनअनुसार विवरण तयारी गर्न व्यस्त छन्।

 

 

Advertisements

One thought on “सतर्कता केन्द्रको पत्र / कामपामा करोडौं हिनामिना भएको आशंका

  1. Kathmandu Municipality is symbol of corruption in Nepal. We have control it legally binding mechnism otherwise one day people will punish them like Jesth 16 demostration against Iraqi terrorist. Stop the corruption ASAP.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s