सतर्कता केन्द्रको पत्र / कामपामा करोडौं हिनामिना भएको आशंका


ईश्वरराज ढकाल, (काठमाडौं), एक दशकअघिदेखि नगरबासीसँग धरौटीबापत संकलन गरिएको करोडौं रुपियाँ हिनामिना भएको आशंकामा राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं महानगरपालिकालाई एक साताभित्र सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको छ।  २०५७ सालदेखि ०५९ सालसम्म नक्सापास गर्दा कामपाले धरौटीबापत २० करोड रुपियाँभन्दा बढी रकम उठाएको थियो। Continue reading

ओम अस्पताललाई दुई दिन भित्र रिपोर्ट पठाउन आदेश


काठमाडौं, पुस १२ – वच्चाको मृत्यूको विषयमा छानविन गरिरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले ओम अस्पताललाई तीन दिन भित्र सुरुदेखिको उपचारको सक्कली रिपोर्ट पठाउन म्याद जारी गरेको छ। आइतबार अस्पताललाई पत्र पठाएर सो म्याद जारी गरेको हो। Continue reading

पहिलो एमआरपी


Click on the slide!प्रधानमन्त्री निवास बालुवाटारमा माइती नेपालकी अध्यक्ष तथा सीएनएन हिरो २०१० का विजेता अनुराधा कोइरालालाई हरियो र‌ंगको पहिलो एमआरपी प्रदान गर्दै प्रधानमन्त्री माधवकुमार नेपाल। एमआरपी वितरण आजैदेखि सुरु भएको छ। Continue reading

एभ्कोबाट किनेको हुन्डाईका गाडी लिलाममा


काठमाडौं, पुस १२ – सर्वसाधारणले एभ्को इन्टरनेसनललाई पैसा बुझाएर किनेका हुन्डाईका कारलाई माछापुच्छ्रे बैंकले लिलामी प्रक्रियामा लैजान सुरु गरेको छ। ग्राहकसँग पैसा उठाएर माछापुच्छ्रे बैंकबाट प्रतीतपत्र (एलसी) खोलेको एभ्कोले त्यो पैसा नबुझाएकाले बैंकले गाडी लिलाम गर्ने प्रक्रिया सुरु गरेको हो। Continue reading

नेपाली नक्कली नोटसहित एक जना पक्राउ


राजु अधिकारी, झापा, पुस १०- शुक्रबार राति बिर्तामोडको होटेल कञ्चनमा छापा मारी प्रहरीले नक्कली नेपाली नोटसहित एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरका हेमराज नेम्वाङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। Continue reading

आयोजक बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा


काठमाडौँ, – आयोजक बंगलादेशलाई ३-० ले पराजित गर्दै नेपाल प्रथम महिला साफ फुटबल च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भएको छ। आज भएको सेमी फाइनलमा जमुना गुरुङले २ र अनु लामाले १ गोल गरेकी छिन्। Continue reading

भक्तपुरमा पर्यटकलाई निशुल्क इन्टरनेट


काठमाडौं  – पर्यटन वर्षको अवसरमा भक्तपुर नगरपालिकाले पर्यटकलाई निशुल्क इन्टरनेट सुविधा दिने भएको छ। भक्तपुर नगरपालिकाले दरबार स्क्वाएर प्रवेश गर्ने पर्यटकलाई सूचना केन्द्र मार्फत निशुल्क इमेल, इन्टरनेट सर्फ गर्ने सुविधा दिने भएको हो। ‘सूचना केन्द्रमा दुईवटा कम्प्युटर पर्यटकले निशुल्क प्रयोग गर्न पाउनेगरि राख्दैछौं,’ भक्तपुर नगरपालिकाका सूचना अधिकृत दामोदर सुवालले भने। Continue reading