झरनाको आफ्नै साइट


काठमाडौँ, साउन १४ – कलाकार झरना बज्राचार्यले आफ्नै साइट सुरु गरेकी छिन्। झरनाबज्राचार्य डट कम ठेगाना भएको वेबसाइटमा पाठकले अहिले उनका लेख तथा फिल्मी गतिविधि पढ्न पाउनेछन्। पूर्व मिस नेपाल बज्राचार्यले आफ्नो साइटमा आध्यात्मलाई जोड दिने बताएकी छन्। साइटमा ‘लिभिङ’ र ‘स्पिरिट’ गरी दुई भाग छन्। ‘लिभिङ’मा झरनाको मोडलिङ, फिल्मी करिअर र जीवन यात्रा बारे उल्लेख छ। ‘स्पिरिट’को भागमा उनका लेख पाठकले पढ्न पाउने छन्। ‘मलाई थाहा छ धेरै मान्छे सोचभित्र आफूलाई गुमाइरहेका हुन्छन्’ वाच द थिङ्कर शीर्षकमा उनले लेखेकी छन्- ‘धेरै समस्याका मुख्य स्रोत मान्छेकै नकारात्मक स्रोत हुन्।’ Continue reading

बेली डान्स सिक्दै कट्रिना


मुम्बई (एजेन्सी), श्रावण १२ – फिल्म ‘राजनीति’ बक्सअफिसमा सफल भएपछि नायिका कट्रिना कैफको सुन्दरताको मात्र नभई अभिनयकौl पनि चारैतिरबाट प्रशंसा गरियो । ‘ग्ल्यामर रोलमा मात्र सुहाउने नायिका’ को ट्याग पाएकी कटि्रनालाई उक्त फिल्ममागरेको बेजोड अभिनयपछि त्यसबाट बल्लतल्ल छुट्कारा मिलेको छ । नृत्यमा रुचि राख्ने नायिका फिल्ममा खुट्टा हल्लाउन र कम्मर मर्काउन नपाएको धेरै समय बितेपछि सेटमा नृत्य ‘मिस’ गरिरहेकी छन् ।हृतिक रोशनसँग ‘जिन्दगी मिलेगी ना दुबारा’को छायांकनक्रममा स्पेन पुगेकी कटि्रनाले उक्त फिल्ममा त्यति नाच्ने मौका पाउने छैनन् । न त उनका पछिल्ला फिल्म ‘अजब प्रेमकी गजब कहानी’ र ‘राजनीति’ मा नै उनले नाच्न पाएकी थिइन् । त्यसैले त उनी फराह खानको पछिल्लो फिल्म ‘तीस मार खान’ को छायांकनमा जान उनी हतारिएकी छन् । Continue reading

“उनी मेरा मनका मित”


ललितपुर, श्रावण ६ –  गायक अरुण थापाको सफलताको उचाइमा खुसी मनाउने र उचाइ तल झर्दा त्यसलाई नजिकैबाट महसुस गर्ने एकमात्र सहकर्मी थिए- अरुणका मितज्यू अर्थात् गायक ओमविक्रम विष्ट । काठमाडौंका विभिन्न ठाउँमा अरुणको एघारौं स्मृति दिवसका अवसरमा विविध कार्यक्रम भइराखेको दिन बुधबार ओमविक्रम भने हात्तीवनस्थित घरमा भेटिए । ‘हामीले मित लगाएको पनि ३८ वर्ष हुन लागेछ,’ उनले अरुणसँगको पुराना कुरा सम्झँदै भने । त्यतिबेला ओमविक्रम पाटन कलेजमा पढ्थे । सँगै पढ्ने एकजना साथीको घर झम्सीखेलमा भएकाले त्यता घुम्न जानेक्रममा पहिलोपटक उनको अरुणसँग भेट भएको रहेछ । Continue reading

एन्जल भइन् सन्नी


काठमाडौं, साउन २ ‘एन्जल २०१०’ को उपाधी सनी अमात्यले जितेकी छिन्। ह्वाइट हर्सको आयोजनामा शनिबारसम्पन्न कार्यक्रममा आरती आचार्यले फष्ट रनरअप र कास्या अधिकारीले सेकेन्ड रनरअपको उपाधी पाइन्। ‘आफैलाई परिचित गराऊ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा १७ देखि २५ बर्षका २१ युवतीको सहभागिता थियो। Continue reading

दीलिप र नम्रता नाच्न सिक्दै


काठमाडौं, साउन २- नेपाली फिल्ममा सबैभन्दा राम्रो नाच्ने कलाकार मानिने दीलिप रायमाझी केही दिनदेखि फेरि डान्स सिक्दैछन्। नृत्य कलाकारकै रूपमा फिल्मयात्रा सुरु गरेका दीलिप एउटा नयाँ फिल्मकै लागि नृत्य सिक्दै गरेका हुन ।

कुपन्डोलस्थित अर्जुन वेस्टर्न डान्स सेन्टरमा उनी दैनिक अभ्यासमा आउनुको कारण नयाँ फिल्म ‘मिस यु’ हो, जसको निर्माता उनी आफै हुन्। फिल्ममा दीलिपलाई साल्सा, पंक, हिपहप र ब्रेक डान्स चाहिएको छ। त्यसैले उनले आफूमात्र होइन फिल्मका अरू कलाकार नम्रता श्रेष्ठ,वरूण राणा र सुजाता सिटौलालाई समोत डान्स कक्षामा राखेका छन्।डान्स सेन्टरका इन्स्ट्रक्टर अर्जुन गौतमको इशारामा उनीहरू डान्सका नयाँ स्टेपहरू टिप्दैछन्। नम्रता फ्रि स्टाइल र मोडर्न कन्टेम्पोररी नाच्न सिक्दैछिन् भने नयाँ कलाकार वरूण राणा डान्सका सामान्य स्टेप सिक्दै छन्। Continue reading

सांगीतिक बिदाइ


पर्वत , अषाढ २९ – पर्वत  उद्योग वाणिज्य संघको सभाहलमा सोमबार छुट्टै रौनक थियो । बालबालिकादेखि वृद्धवृद्धाहरू बाक्लै थिए । कोही अतिथिलाई स्वागत गर्न व्यस्त देखिन्थे त कोही स्टेजलाई सिँगारपटार गर्न आतुर थिए ।

एसएली परीक्षामा धौलागिरि अञ्चलमै पहिलो र पश्चिमाञ्चलमा तृतीय हुन सफल आफ्ना विद्यार्थीहरूको बिदाइ कार्यक्रममा आदर्श आवासीय माविद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउन चर्चित लोकगायक पुरुषोत्तम न्यौपाने पानीमा भिज्दै उपस्थित भएका थिए । उनी स्टेजमा झुल्किएपछि हल थपडीले गुञ्जायमान बन्यो ।

सानो ठाउँमा धेरै फ्यान भेटिएपछि पुरुषोत्तमले हषिर्त हुँदै ‘घाम जस्तो जुन हुँदैन…’ गीतलाई विद्यार्थीअनुकूल प्यारोडी सुनाउन के सुरु गरेका थिए, दर्शकदीर्घामा थपडी र Continue reading

कविताले दिलायो हजार डलर


काठमाडौ,अषाढ २३ – अमेरिकाको बोस्टनमा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सवमा विराटनगरका उमेश राई अकिञ्चन प्रथम भएका छन् । नेपाली साहित्य प्रतिष्ठान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित प्रतियोगितात्मक महोत्सवमा उमेशको ‘मोनालिसा र मार्च ८’ शीर्षक कविताले सबैलाई उछिनेको हो । उनले पुरस्कार स्वरूप एक हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।  Continue reading

काँडा, फूल, झमक


काठमाडौ, अषाढ २२ – शारीरिक रूपमा अपांग भए पनि साहित्यमा विशिष्ट पहिचान बनाइसकेकी झमककुमारी घिमिरेको जीवनीमा आधारित पुस्तक ‘जीवन  काँडा कि फूल’ सार्वजनिक भएको छ । साहित्यकार घिमिरेको सोमबार ३०औं जन्मदिनको अवसर पारी अनलाइन नेपाली साहित्य मञ्चले उक्त कार्यक्रमको आयोजना गरेको थियो । Continue reading

सुहाउँदो जोडी


मुम्बई (एजेन्सी), अषाढ १४ – ऐश्वर्या रायले दशक लामो बलिउड यात्रामा रजनीकान्तदेखि गोविन्दा, शाहरूख खान, हृतिक रोशनसँग सम्म फिल्म खेल्न भ्याइसकेकी छन् । यही फिल्म उद्योगका दुईजना कोस्टारसँग उनको रोमान्स असफल भए पनि तेस्रोसँगको रोमान्स विवाहमा परिणत भयो । नायक अभिषेक बच्चनसँग हाँसी-खुसी वैवाहिक जीवनको मज्जा लिइराखेकी ऐश्वर्यालाई भने उनका फ्यानले अभिषेकसँग भन्दा बढी पूर्वप्रेमी सलमान खानसँग स्क्रिनमा हेर्न रुचाएका छन् । Continue reading

आदिवासी फिल्म महोत्सव (डकुमेन्ट्री विरुद्ध फिल्म))


काठमाडौ, अषाढ १३ – दोस्रो जनआन्दोलनपछि देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेको छ नयाँ संविधानले आफ्ना दमित आवाजलाई सम्बोधन गर्ने मीठो आशामा आदिवासी/जनजाति छन् । Continue reading

लोक-दोहोरीमा पर्यटन


काठमाडौ, अषाढ ९ – लोक-दोहोरी गीतको क्रेज केही वर्षयता ह्वात्तै बढ्न थालेपछि सांगीतिक बजारमा रातारात धेरै लोकगायक/गायिका झुल्किए । कति पैसा कमाउनका लागि आए, कति पैसा खन्याएर पनि आए । अरू विधामा भन्दा लोकलयमा गाउन सहज हुने भएपछि पैसाकै भरमा गायक बन्ने धेरै भएको आरोप पनि लाग्न थाल्यो । Continue reading

अग्लो शिवमूर्ति सर्वसाधारणलाई खुला


भक्तपुर, अषाढ ८ – देशको सबैभन्दा अग्लो शिवमूर्तिको सोमबार प्राण प्रतिष्ठा गरिएको छ । चित्तपोल- ५ कैलाशकुट डाँडाको एक सय ४३ फिट अग्लो मूर्तिमा शंकराचार्य स्वामी माधवाश्रम जी महाराजले प्राण प्रतिष्ठापन  गरेका हुन् । Continue reading

आदिवासी चलचित्र महोत्सव


काठमाडौ, अषाढ ७ – ‘ज्ञान हस्तान्तरण’ को मूल भावनामा नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव राजधानीमा चौथो पटक हुने भएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा) ले आयोजना गर्न लागेको उक्त महोत्सवमा छनोट भएका फिल्मलाई देशका १२ प्रमुख सहरमा पनि प्रदर्शनमा लगिने भएको छ ।

महोत्सवमा विदेशी १९ र स्वदेशी १४ गरी ३३ वटा फिल्म, डकुमेन्ट्री, छोटो फिल्म र म्युजिक भिडियो प्रदर्शन हुनेछन् । असार ११ देखि १३ सम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जारी रहने प्रदर्शनमा भारत, भुटान, मेक्सिको, जर्मनी, अस्ट्रेलिया, क्यानडा, अर्जेन्टिना, अमेरिका, स्विडेन, नर्वे र क्याम्बोडियाका फिल्म प्रतिस्पर्धामा छन् । यीसहित मातृभाषामा मगर, तामाङ, नेवार, गुरुङ, राई, लिम्बू, सुनुवार, धिमाल, सौका र बान्तवाका स्वदेशी फिल्महरू पनि प्रतिस्पर्धामा हुनेछन् । Continue reading

नानी नचाउने रहर


तारा चाम्लिङ, काठमाडौं, असार ४- थुप्रै म्युजिक भिडियोका साथै ‘मेरो एउटा साथी छ’,’म तिमी बिना मरिहाल्छु’ जस्ता चलचित्रमा कोरियोग्राफी गरेर चर्चा बटुलेकी रिनासा राईले केही दिनअघि मात्र डान्स स्टुडियो खोलेकी छिन्। कुपन्डोलको गुरुद्वरा छेवैमा रहेको ‘स्टेप्स् स्टुडियो’ मा मोडल र कलाकारहरु नाच सिकिरहेका भेटिन्छन्। तर उनको इच्छा फरक छ।’स्कुलेलाई नचाउने मन छ’,रिनासा भन्छिन् ‘स्कुल छँदै विद्यार्र्थीलाई निखार्दै लैजाने हो भने उनीहरुको व्यक्तित्व विकासमा ठुलो भुमिका खेल्छ।’

नाच्यो भने पढाई बिग्रन्छ भन्ने तर्क चाँही उनलाई कति पनि चित्त बुझ्दैन। ‘यो एकदमै गलत मानसिकता हो’, उनले थपिन् ‘नाचले मान्छेमा भएको संभावनाहरुलाई बाहिर ल्याउन मद्दत गर्छ।’ उनको भनाईमा शारिरिक हाउभाउ, मुद्रा बाहेक नाचमा अन्य धेरै कुरा छन्। अनुशासन, स्मरण, धैर्यता नहुने हो भने राम्रो नृत्य गर्न सकिन्न। ‘ किताबी ज्ञानले मात्र मान्छे व्यवहारिक बन्ने होइन,’ रिनासाको तर्क छ ‘नाचमा भएको पक्षहरुलाई केलाउने हो भने यसबाट फाइदै फाइदा छ। ‘नाचमा स्टेज प्रस्तुती नै महत्वपुर्ण भएकोले नाच्नेहरुमा आत्मविश्वास दरिलो हुन्छ भन्छिन् रिनासा। समुहमा नाच्नेहरुले झन् बढी चलाखी अपनाउनु पर्छ। त्यसैले पनि नृत्यमा भिजेकाहरु तेजिला हुन्छन् भन्ने उनको बुझाई छ। Continue reading

विश्वकपमा इंगल्याण्डको यात्रा कठिन


काठमाडौ, अषाढ ५ – इंगल्याण्डको विश्वकप फुटवलमा अघिल्लो चरण प्रवेश कठिन बनेको छ । लिग चरणको दोस्रो खेलमा शुक्रबार राति अल्जेरियासंग गोल रहित बराबरीमा खेलेपछि इंगल्याण्डले प्री  क्वाटर फाइनल प्रवेशका लागि अर्को हप्ता सोल्भेनियालाई पराजित गर्नुपर्ने भएको छ । लगातार दोस्रो बराबरीपछि इंगल्याण्ड दुई अंक सहित समूह सी को तेस्रो स्थानमा छ । चार अंक सहित सोल्भेनिया पहिलो स्थानमा रहँदा अमेरिका दुई अंक सहित गोल भिन्नताका आधारमा दोस्रो स्थानमा छ। Continue reading

मनीषाको स्वयम्बर


काठमाडौ, अषाढ ५ – नेपाली राजनीतिका जननायक बीपी कोइरालाकी नातिनी बलिउड नायिका मनीषा कोइरालाको परिचय शनिबारदेखि ‘सुश्री’ बाट ‘श्रीमती’ मा बदलिने पक्कापक्की भएको छ । ३९ वर्षीया नायिका मनीषालाई शनिबार महाराजगन्जका उद्यमी ३३ वर्षीय सम्राट् दाहालले पत्नीका रूपमा भित्र्याउँदैछन् । अमेरिकाको टेक्सासबाट इन्डस्टि्रयल इन्जिनियरिङ र एमबीए पास गरेका दाहाल पञ्चेबाजाका साथ करिब ३ सय जन्ती लिई बनारसको कन्या महाविद्यालय पढेकी बेहुली लिन काठमाडौंको थली गाविसमा रहेको गोकर्ण फरेस्ट रिसोर्ट पुग्ने छन् । शनिबारै उनी बेहुली लिई महाराजगन्जस्थित घर फर्किनेछन् । वैवाहिक कार्यक्रमपछि उनीहरूको पहिलो रात बूढानीलकण्ठस्थित भाडामा लिइएको सिद्धार्थ कोलोनीमा बित्नेछ । Continue reading