Due to technical error we are unable to publish our online.


Due to technical error we are unable to publish our online.

 

We are working on it. As soon as possible we will published.

Advertisements

वाकुलेहरुकोको शुभ-कामना आदान-प्रदान कार्यक्रम सम्पन्न


भूपाल राना/काठमाडौं (सोलुअनलाइन) असोज-२१ । सोलुखुम्बु जिल्लाको वाकु गाविसबाट काठमाडौं आई विभिन्न पेशामा संलग्न वाकुलेहरुको साझा संस्था “वाकु विकास समाज”को आयोजनामा यही असोज २० गते समाजको कार्यलय सरस्वतीनगर,काठमाडौंमा विजया दशमीको उपलक्ष्यमा शुभ-कामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। Continue reading

गरिबीका कारण सामूहिक आत्महत्या


डीआर पन्त/डडेलधुरा, श्रावण ३१ – बझाङको लेकगाउँ गाविस खोरी गाउँकी एक महिलाले ‘गरिबीका कारण’ आफ्ना दुई सन्तानसहित खोलामा हाम फालेर आत्महत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्लाको अत्यन्त दुर्गम खोरी गाउकी ३५ वर्षीय सञ्जुदेवी पुजाराले आफ्ना दुई सन्तान सात वर्षीय हिमाल र पाँच वर्षीय सर्वे सहित स्थानीय माटेखोलामा राति हाम फालेर सामूहिक आत्महत्या गरेकी हुन् ।  Continue reading

आर्थिक अभावका कारण सुत्केरीद्वारा आत्महत्या


विराटनगर, श्रावण २६ – आर्थिक अभावले नाबालक छोरीको उपचार गराउन नसक्दा पूर्वी मोरङको डाँगीहाट गाविस -५ तल्लोजुडाकी एक सुत्केरी महिलाले मंगलवार राती आत्महत्या गरेकी छन् ।रामबहादुर चौधरीकी श्रीमती २८ वर्षीया कल्पना चौधरीले प्लाष्टिकको डोरीले घाटीमा पासो लगाइ घरमै झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । Continue reading

फेसबुकको वास्तविक फेस [कथा]


राजेश नतांश

कम्प्यूटरमा ‘एकन’को ‘लोन्ली, आई एम मिस्टर लोन्ली…’ गीत बजिरहेको छ । म गीतको शब्द–शब्दमा हराउन पुगिरहेको छु । गीतमा भनिएजस्स्तो घटना परिस्थिति मसँग मेल नभए पनि मलाई त्यो गीत एकदमै अद्भुत लागि रहेको छ । म आफूलाई एकदमै एक्लो महसुस गरिरहेको छु । सबैजना छन् तर मलाई कोही नभएको अनुभव भईरहेको छ । आफन्तीहरूको बिचमा म आफूलाई एकदमै एक्लो पाइरहेको छु – ‘आई ह्याभ नो बडी(ई)’। मानिरहेको छैन मेरो मन कसैसँग समीप हुन, मलाई सबै निस्सार लाग्छ आजकल । मममा भएका सबै चीजहरूलाई म मिथ्या देख्छू । मैले बुझिरहेको छैन, ममाथि के बित्न आँटिरहेछ । Continue reading

मधेसी मोर्चाले स्वायत्त मधेस मुद्दा छाड्ने


विश्वमणि पोखरेल, काठमाडौं, साउन १७- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माओवादीसँगको वार्तामा स्वायत्त मधेस प्रदेशको माग नउठाउने भएको छ। सद्‍भावना पार्टीको सिंहदरबारस्थित संसदीय दल कार्यालयमा मोर्चाको आइतबारको बैठकले स्वायत्त मधेस प्रदेश संविधानसभाले टुंगो लगाउने विषय भएको निष्कर्ष निकालेको हो। सोमबार बिहान मोर्चा र माओवादीबीच थप छलफलका लागि बैठक बस्दैछ। Continue reading

कुवेतबाट १४ जना महिला कामदार दूतावासको सहयोगमा नेपाल फिर्ता


जय आले, कुवेत

विविध कारणवश आफुले काम गर्ने घरबाट भाग्दै नेपाली राजदूतावास कुवेतमा बिगत २ महिना देखी शरण लिई बसेका नेपाली महिला कामदारहरुमध्ये १४ जनालाई आज बिहान गल्फ एयरको उडानबाट नेपाली राजदूतावास कुवेतले नेपाल फिर्ता पठाएको छ । गत चैत्र महिनादेखी नेपाली दूतावासले अधिकारिक तवरमा कार्य संचालन गरेपश्चात यसरी भाग्दै शरण लिन आएकामध्ये ११९ जनालाई दूतावासको सहयोगमा नेपाल फर्काई सकिएको दूतावासले आज जारी गरेको प्रेस बिज्ञप्तीमा जनाएको छ । यसैगरी १८ नं. भिसा अन्तर्गत हेभी वाहन चालकको रुपमा काम गर्न आएका ४० जना पुरुष कामदारहरुले आफ्नो काम गर्ने वातावरण सन्तोषपूर्ण नभएको भन्दै दूतावासको सहयोगको तिव्र अपेक्षामा दूतावास आएकाले उनिहरुलाई पनि यसै महिना दूतावासले सहयोग गर्दै नेपाल फर्काएको र  तिमध्ये १५ जनालाई १ महिनासम्म खानपिनको व्यवस्था समेत दूतावासले नै जुटाई दिएको दूतावास स्रोतले जनाएको छ । Continue reading