लुक्लामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई स्वागत


पौष-१७,सोलुअनलाइन । फ्रेन्डशिप युथ क्लब उपशाखा चौरिखर्क-८ लुक्लाले भ्रमण वर्ष-२०११ को अवसर पारेर लुक्ला एयरपोर्टमा आउने प्रत्येक स्वदेशी तथा विदेशी पर्यटकहरुलाई चिया तथा विस्कुटले आज अर्थात जनवरी १ को दिन स्वागत गरेको छ । Continue reading

Advertisements

पर्यटन रोयल्टी बापत् रकमको ठुलो हिस्सा सडक निर्माणमा


सोलुखुम्बु/सोलुअनलाइन – पर्वतारोहण रोयल्टी बापत् यस बर्ष सोलुखुम्बुमा प्राप्त रकमको ठूलो हिस्सा सडक निर्माणमा खर्च गरिने भएको छ । रोयल्टी वापत् प्राप्त ५ करोड ६७ लाख ६६ हजार रुपैयाँ मध्ये ४ करोड ३५ लाख रुपैयाँ सल्लेरी(तामाखानी–गोली–चौलाखर्क सडकका लागि बिनियोजन गरिएको छ । Continue reading

सगरमाथा आधार शिबिरमा स्वचालित क्यामेरा


सोलुखुम्बु/सोलुअनलाइन – जलवायु परिवर्तनको कारण उत्पन्न असरबारे अध्ययन गर्न सगरमाथा आधार शिविर क्षेत्रमा ४ वटा स्वचालित क्यामेरा जडान गरिएको छ । जलवायु परिवर्तनको असरबारे अध्ययन गरिरहेको एक अमेरिकन संस्थाले सो क्यामेराहरु जडान गरेको हो । Continue reading

नेपाल स्वास्थ्य प्राबिधिक संघ गठन


१० पुस (सोलु अनलाइन) – पुष्पबाबु बस्नेतको अध्यक्षतामा नेपाल स्वास्थ्य प्राविधक संघ सोलुखुम्बुको नयाँ कार्यसमिती गठन भएको छ । संघको शुक्रबार सम्पन्न प्रथम जिल्ला सम्मेलनले बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती छनौट गरेको हो । संघको उपाध्यक्षमा ल्हेमी लामा, सचिव सुर्य श्रेष्ठ,  कोषाध्यक्ष रामकुमारी राई र सह–सचिवमा टंकनारायण श्रेष्ठ चयन हुनुभएको छ । Continue reading

सुम्बु खोला जलविद्युतका लागि समिति


पुस ८ (सोलु अनलाइन) – राम संघर्ष किरातीको अध्यक्षतामा सुम्बुखोला लघुजलबिद्युत आयोजना देउसाको निर्माण समिति गठन गरिएको छ । बुधबार सम्पन्न उपभोक्ताहरुको भेलाले किरातीको अध्यक्षतामा २२ सदस्यीय निर्माण समिति गठन गरिएको हो । Continue reading

सर्वाधिक नगद पुरस्कार राशीको फुटबल र भलिबल प्रतियोगिता हुने


पुस ८ (सोलु अनलाइन) – नेपाल पर्यटन बर्ष २०११ को शुरुवात्सँगै सोलुखुम्बुको पर्यटकीय स्थल चौरिखर्कको लुक्लामा फुटबल र बुङमा भलिबल प्रतियोगिता हुने भएको छ । यि दुवै प्रतियोगिता जिल्लाकै सर्वाधिक नगद पुरस्कार राशी भएको प्रतियोगिता हुनेछ । Continue reading

उपचारमा धामीझाँक्री बलियो विश्वास, खाँचो समपसापेक्ष परिवर्तनका


भोजेन्द्र बस्नेत – “के भयो कुन्नी सधै पेट दुख्यो भनेर खानै मन नगरे पछि धामीलाई हेर्न लगाएँ, धामीले पिसाच लागेको छ, कालो भाले भोग दिनु पर्छ भने पछि त्यसै गरें” सोलुखुम्बु बासाकी एक महिलाको भनाई हो यो । “ठिक नभए पछि बोका भोग दिएँ र पनि भएन अनि गाउँलेहरुले अस्पताल लान कर गरे पछि फाप्लु अस्पताल ल्याएँ ” उनले थपे ।

Continue reading