नेपाली एकता समाज मलेशियाको बैठक सम्पन्न


योगेन्द्र योगेन,क्वालालम्पुर/मलेशिया – नेपाली एकता समाज मलेशियाको यहि मिति  साउन-२४ गतेको दिन बैठक सम्पन्न भएको छ । आफनो कार्यक्रमलाई निरन्तरता दिदै आएको नेपाली एकता समाजले बिभिन्न व्यतिहरुलाई सहयोग गरदै आएको छ। यसै सिलसिलामा आफनो ३ वर्ष कार्य अबधि पुरा गरी नेपाल फर्कनु हुने नेपाली एकता समाजको सम्पूर्ण सदस्यहरुलाई बिदाई कार्यक्रमको आयोजना गरिने भएको छ । 

साथै नयाँ पदपूर्तिको लागी नयाँ कार्य समिति चयन गरीएको छ । जसमा अध्यक्ष अजय कुमार शाह,उपाध्यक्ष अम्बिका लिम्बु , सचिब रुद्र खतिवडा ,कोषअध्यक्ष पदम कुँवर, सह-सचिब लेख बहादुर बि.क ,सहल्लाकार जिवलाल घिमिरे, सह-सहल्लाकार गिरिराज पौडेल रहेको छ । सदस्यहरु फत बहादुर खत्री,सुरेन्द्र राई, पूर्ण पुन,कुल बहादुर कुमाल, टिकाराम पौडेल,दिलिप श्रेष्ठ र  गौतम सहनी रहेका छन् । नव गठित कार्य समितिले आफनो कार्यक्षेत्रलाई तिब्रताका अगाडी बढाउने छ। यसै हप्ता देखि नेपाली एकता समाजले आफनो अफेसिअल वेब साईट लाई पनि संचालन गर्ने भएको छ ।

Leave a comment