एमाले सोलुखुम्बुद्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम


१४ असोज/सल्लेरी (सोलु अनलाइन) – नेकपा एमाले सोलुखुम्बुले बिजया दशमीको अवसरमा शिक्षकहरुका बीचमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला परिषदको क्रममा सल्लेरीमा रहेका शिक्षकहरुका बीचमा एमाले जिल्ला कमिटीले चियापानका साथमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । Continue reading

किन गए आरके मैनाली माओवादीमा


काठमाडौं, असोज १४ | झण्डै चार दशकअघिको सशस्त्र झापा विद्रोहका नेता राधाकृष्ण मैनाली बुधबार एकीकृत माओवादीमा प्रवेश गरेका छन्। तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासन सत्ता हातमा लिएपछि शिक्षा मन्त्री बनेका मैनाली त्यसयता कुनै पार्टीमा थिएनन्। एमाले स्थायी समिति सदस्यसहित पटक-पटक मन्त्री रहिसकेका मैनालीलाई मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा माओवादी शीर्ष नेताले अविर र माला पहिर्‍याएर स्वागत गरेका थिए। Continue reading

कोरिया जानेहरुको भाषा परीक्षाको नतिजा आज


१४ असोज, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया जाने कामदारका लागि लिइएको कोरियाली भाषा परीक्षाको नतिजा विहीबार आउने भएको छ । कोरियाको श्रम मन्त्रालयले विहीबार अपरान्हसम्म भाषा परीक्षामा उत्तीर्ण भएकाहरुको सूची पठाउने र नतिजा प्रकाशित गरिने इपीएस कोरिया शाखाका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । Continue reading

कविता – अनमोल पीडित खालिङ


अतितको ब्यथ यो मुटुमाझ म साँच्न सकिन

बियोगको कथा साँचेर एक्लै म हाँस्न सकिन!

खोला बनी बग्छ जीवन म एक्लै छेक्न सकिन

आँशु बनी झर्छ जीवन म एक्लै रोक्न सकिन! Continue reading

नेपालकुवेत मेनपावरका सदस्यहरु भित्र आफनै पोल खोला खोल


नबराज पन्थी “पिडित” । सत्य तथ्य आउन थाल्यो बाहिर नेपालकुवेत मेनपावर एसोशियसनको  आबद्ध भई नेपाल बाट घरेलु कामदार कुवेत  भित्र्याउने एजेन्टहरु एकले अर्कोको पोल खोल्न थालेका छन । दूताबासका सचिब छानबिनको लागि एअरपोर्ट पुग्नु नेपालकुवेत मेनपावर भित्र  पुलिसले छापा मारे भन्दा धेरै तहल्का मच्किएको छ । मिडियामै तेरो र मेरो फल्नो ढिस्कानो सुरु भएको छ । Continue reading

भ्रष्ट मन्त्रीका कारण हामी बदनाम भयौं:आयोजक


सोनाम शेर्पा/- सेभ द हिमालयन र्‍यालीका नाममा ‘रोल मोडल’का रूपमा अमेरिका लगिएका शेर्पाबाट वनमन्त्री दीपक बोहराले पैसा उठाएको खुलासा भएको छ । शेर्पाहरूले आफू ठगिएको खुलासा गरेपछि मन्त्री बोहरा अमेरिकामै सम्पर्कविहीन भएका छन् । Continue reading

‘बैगुनी मायाले मार्‍यो’


image

पाँचथर, ११ असोज आफ्नै प्रेमिकालाई गोली हानी हत्या गरेर एक युवक फरार भएका छन् । उनीहरूबीच पाँच महिनादेखि प्रेम-सम्बन्ध थियो । सिवा-७ की १९ वर्षीया सूक्ष्मा तुम्ब्रोकलाई उनका प्रेमी ताप्लेजुङ चाँगे-१ निवासी करिब २० वर्षीय पवन नामले चिनिने समुखहाङ् आङ्बोहाङले हत्या गरेका हुन् । फरार आङ्बुहाङको सशस्त्रसहितको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव श्रेष्ठले बताए । बि्रटिस आर्मी तालिम सेन्टर धरानमा बस्दै आएका आङ्बुहाङ गल्ला छनोटमा फेल  भएपछि फर्किने क्रममाआफ्नो प्रेमिकाको हत्या गरेर फरार भएका हुन् । Continue reading

कांग्रेस चुनावः कोइराला ३३, देउवा २९


image

कांग्रेसको १२औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति सुशील कोइराला ३३ पदसहित बहुमतमा देखिएका छन् । सभापति र महामन्त्रीमा हारेको शेरबहादुर देउवाको समूहले कोषाध्यक्षसहित २९ पद जितेको छ । नयाँ केन्द्रीय समितिको सदस्यमा निर्वाचित कुलबहादुर गुरुङ र दीपकुमार उपाध्याय कतै पनि खुलेका छैनन् । लामो समय सुशीलनिकट रहेका गुरुङ पछिल्लो समय उनीसँग असन्तुष्ट छन् भने देउवा समूहबाट केही समय पहिला टाढा भएका उपाध्याय पनि कता लाग्छन् भन्ने टुंगो छैन । आरक्षण कोटामा संस्थापन पक्ष कमजोर देखिएको छ भने अञ्चलका १४ सिटमा संस्थापन पक्षको बहुमत देखिएको छ । अञ्चलतर्फको १४ स्थानमा संस्थापन पक्षका नौ प्रत्याशी विजयी भएका छन् भने देउवा पक्षका पाँच मात्र । खुला २५ मा संस्थापन पक्षका १२ र देउवा पक्षका ११ प्रत्याशी विजयी भएका छन् । Continue reading

फिप्नाको आयोजनामा न्युयोर्कमा बिभिन्न खेलकूद सम्पन्न


प्रशान एलुंग राई/न्युयोर्क – नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को आयोजनामा हिजो  न्युयोर्कमा  पुरुष भलिवल र फुटबल प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा पुरुष भलिवल तर्फ एनवाईएनसीले उपाधि हासिल गरेको थियो भने फुटबल तर्फ ग्याल्सुन्दो समूहले शीर्ष उपाधि हात परेको थियो । Continue reading

ने.वि.संघ सोलुखुम्बुको”जहा स्कुल त्यहाँ ने.वि.संघ अभियान”


नेपाल विद्यार्थी संघ सोलुखुम्बुका अध्यक्ष नविन थापाले नेपाली कांग्रेस बाह्रौं महाधिवेशनले कांग्रेसमा आन्तरिक लोकतन्त्र मजबुद भएको बताउनुभएको छ । हिमगंगा उच्च मावि,चौलाखर्कको नेपाल विद्यार्थी संघको इकाई अधिवेशनमा बोल्दै थापाले सो कुरा बताउनुभएको हो । थापाले महाधिवेशनले पार्टीको संस्थागत विकासमा सघाउ पुर्‍याएको बताउनुभयो । Continue reading

वाकुमा बाटो मर्मत तथा सरसफाई


असोज-११(सोलुअनलाईन)- योङ स्टार क्लव र ग्लोबल एक्सन नेपालद्धारा गठित नवजागरण समुह वाकु ६ सोलुखुम्बुको सक्रियतामा वाकु ६ को पाब्दुको बाटो मर्मत तथा सरसफाई गरेको छ । संस्थाले देउसा र वाकु जोड्ने कायापुलदेखी आबदुसम्म र काँकुको दोवानदेखी पाव्दुसम्मको बाटो सरसफाई गरेको समुहका अध्यक्ष आशबरी राईलाई उदृत गर्दै ग्लोवल एक्सन नेपालका सहजकर्ता कमला घिमिरेले जानकारी दिनुभयो । Continue reading

सोलुभित्र


सोलुभित्र-विविध समाचार विस्तार…….

गणेस्थान मा.वि. नेचाबतासेमा सिताराम श्रेष्ठको अध्यक्षतामा ४६ सदस्यीय अखिल क्रान्तिकारी ईकाई कमिटी गठन गरिएको छ । अखिल क्रान्तिकारी जिल्ला कमिटी अध्यक्ष रामकिरण राईको अध्यक्षतामा भएको कार्यक्रममा सो कमिटी गठन गरिएको क्रान्तिकारीका जिल्ला उपाध्यक्ष जीवन राईले जानकारी दिनुभयो । Continue reading

विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण


असोज-११(सोलुअनलाईन – हिमालयन चिल्ड्रेन फाउण्डेसन अफ फ्रान्स डि खोरियाले आज जनसुधार प्रावि खोरियाका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । फाउण्डेसनले हरेक बर्ष सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने गरेको छ । Continue reading

लिढुङ्गा प्राबी सोताङको लेखापरिक्षण


असोज-११(सोलुअनलाईन)-लिढुङ्गाप्राबी सोताङ,सोलुखुम्बुको गत आर्थिक बर्षको सामाजिक लेखापरिक्षण गरिएको छ ।बिद्यालयमा हिजो भएको बिद्यालय व्यवस्थापन समिती तथा शिक्षक अभिभावक संघको संयुक्त बैठकले सामाजिक लेखा अनुमोदन गरेको प्रधानाध्यापक सुर्यप्रसाद गौतमलाई उदृत गर्दै हाम्रा प्रतिनिधि झमकबाबु बस्नेतले जानकारी दिनुभयो । Continue reading

दशैंको खाद्यान्न आजदेखि सर्वसाधारणलाई वितरण


असोज-१२(सोलुअनलाईन)- नेपाल खाद्य संस्थान डिपो कार्यालय,सल्लेरी सोलुखुम्बुले यस बर्षको बडा दशैंलाई मध्यनजर गरेर बिभिन्न गाविसहरुका लागि खाद्यान्न कोटा छुट्याएको छ।कार्यालयमा आज बसेको बैठकले जिल्लाका बिभिन्न गाविसका लागि चामलको कोटा छुट्याएको हो। Continue reading

बाटो मर्मत तथा सरसफाई


असोज-१२(सोलुअनलाईन)- मेलडाँडा सामुदायिक वन उपभोक्ता समुह टाक्सिन्दु ३ सोलुखुम्बुले अधेरी खोला झोलुङ्गे पुलदेखि लेक खोला काठे साँघुसम्मको बाटो मर्मत तथा सरसफाई गरेको छ ।  बाटो सरसफाईका लागि समुहले श्रमदानका साथमा १ हजार ५ सय नगद खर्च गरेको समुहका अध्यक्ष खडग बहादुर मगरले दिनु भयो। Continue reading

अनेरास्ववियुको २० औं राष्ट्रिय सम्मेलन जनकपुरमा


असोज-१२(सोलुअनलाईन)-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको २० औं राष्ट्रिय सम्मेलन यस बर्ष जनकपुरमा हुने भएको छ । असोज १५ गतेदेखि ४ दिनसम्म चल्ने सो सम्मेलन तयारी समेत शुरु भईसकेको छ । Continue reading

इंखु प्रावीको व्यवस्थापन समिती पुर्नगठन


असोज-१२(सोलुअनलाईन)- इंखु प्राथमिक विद्यालय वाकु-४ सिवुचे,सोलुखुम्बुको बिद्यालय व्यवस्थापन समिती पुर्नगठन गरिएको छ । बिद्यालयमा भएको अभिभावक भेलाले ९ सदस्यीय बिद्यालय व्यवस्थापन समिती गठन गरेको प्रधानाध्यापक गीताप्रसाद निरौलाले जानकारी दिनुभयो । Continue reading

विबहा झुक्याएर


काठमाडौ, आश्विन ११ – जग्गेमा घुम्नुअघि नै ‘प्रि-हनीमुन’ मनाउने संस्कारमा हुर्कैदै गरेकाहरुका लागि ‘बिहा गर्दा झुक्किने’ कुरा आश्चर्यलाग्दो हुन सक्छ । तर सिराहाका एक युवाका लागि भने यो एक पीडादायी घटना भइदिएको छ । सुखी संसारको सुरुवातमा भित्र्याइएकी नब बधुको ‘मानसिक अवस्था ठीक नभएको’ पाएपछि २८ वषर्ीय गोविन्द झा (नाम परिवर्तन) छानोबाट खसेजस्तो भए । Continue reading

पौडेल एक्लै मैदानमा


काठमाडौ, आश्विन ११ – प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट माओवादी औपचारिक रूपमै बाहिरिएको छ । सातौं चरणको निर्वाचन परिणामविहीन भएपछि ऊ प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट बाहिरिएको हो ।माओवादी अध्यक्ष पुष्पकमल दाहालले छाडेपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आठौं पटक पनि आवश्यक बहुमत जुटाउन सकेनन् । Continue reading

गगनले सर्वाधिक मत पाउने संकेत


काठमाडौँ, असोज १०– नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदका लागि खुलातर्फ २ हजार मतगणना भइसक्दा युवा नेता गगन थापा १ हजार ३ सय २५ मत पाएर अग्रस्थानमा छन्। उनका निकट प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले १ हजार ३ सय ३ मत पाएर दोस्रो छन्। कांग्रेस महाधिवेशनमा ३ हजार ६४ मत खसेको थियो।

//
//

१. गगन थापा  १३२५

२. अर्जुन नरसिंह केसी १३०३ Continue reading