सोलुअनलाईन डटकमको सुचारुमा हुन गएको प्रविधिक समस्याप्रती हामी क्षमाप्रार्थी छौ


सोलुअनलाइन डटकमको सर्भरमा केहि प्राविधिक समस्या आएको कारण हामीले सुचारु गर्न नसकेकोमा हामी क्षमापार्थी छौं यसबाट पर्न गएको असुबिधा प्रति सम्पूर्ण पाठक वर्ग तथा विज्ञापन दाताहरु प्रति हामी क्षमा चाहन्छौं । हामी प्रयासरत छौ र चाडै यो समस्याको समाधान गर्ने छौं । धन्यवात !!!

लुक्लामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई स्वागत


पौष-१७,सोलुअनलाइन । फ्रेन्डशिप युथ क्लब उपशाखा चौरिखर्क-८ लुक्लाले भ्रमण वर्ष-२०११ को अवसर पारेर लुक्ला एयरपोर्टमा आउने प्रत्येक स्वदेशी तथा विदेशी पर्यटकहरुलाई चिया तथा विस्कुटले आज अर्थात जनवरी १ को दिन स्वागत गरेको छ । Continue reading

सतर्कता केन्द्रको पत्र / कामपामा करोडौं हिनामिना भएको आशंका


ईश्वरराज ढकाल, (काठमाडौं), एक दशकअघिदेखि नगरबासीसँग धरौटीबापत संकलन गरिएको करोडौं रुपियाँ हिनामिना भएको आशंकामा राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं महानगरपालिकालाई एक साताभित्र सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको छ।  २०५७ सालदेखि ०५९ सालसम्म नक्सापास गर्दा कामपाले धरौटीबापत २० करोड रुपियाँभन्दा बढी रकम उठाएको थियो। Continue reading

ओम अस्पताललाई दुई दिन भित्र रिपोर्ट पठाउन आदेश


काठमाडौं, पुस १२ – वच्चाको मृत्यूको विषयमा छानविन गरिरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले ओम अस्पताललाई तीन दिन भित्र सुरुदेखिको उपचारको सक्कली रिपोर्ट पठाउन म्याद जारी गरेको छ। आइतबार अस्पताललाई पत्र पठाएर सो म्याद जारी गरेको हो। Continue reading

पहिलो एमआरपी


Click on the slide!प्रधानमन्त्री निवास बालुवाटारमा माइती नेपालकी अध्यक्ष तथा सीएनएन हिरो २०१० का विजेता अनुराधा कोइरालालाई हरियो र‌ंगको पहिलो एमआरपी प्रदान गर्दै प्रधानमन्त्री माधवकुमार नेपाल। एमआरपी वितरण आजैदेखि सुरु भएको छ। Continue reading

एभ्कोबाट किनेको हुन्डाईका गाडी लिलाममा


काठमाडौं, पुस १२ – सर्वसाधारणले एभ्को इन्टरनेसनललाई पैसा बुझाएर किनेका हुन्डाईका कारलाई माछापुच्छ्रे बैंकले लिलामी प्रक्रियामा लैजान सुरु गरेको छ। ग्राहकसँग पैसा उठाएर माछापुच्छ्रे बैंकबाट प्रतीतपत्र (एलसी) खोलेको एभ्कोले त्यो पैसा नबुझाएकाले बैंकले गाडी लिलाम गर्ने प्रक्रिया सुरु गरेको हो। Continue reading

पर्यटन रोयल्टी बापत् रकमको ठुलो हिस्सा सडक निर्माणमा


सोलुखुम्बु/सोलुअनलाइन – पर्वतारोहण रोयल्टी बापत् यस बर्ष सोलुखुम्बुमा प्राप्त रकमको ठूलो हिस्सा सडक निर्माणमा खर्च गरिने भएको छ । रोयल्टी वापत् प्राप्त ५ करोड ६७ लाख ६६ हजार रुपैयाँ मध्ये ४ करोड ३५ लाख रुपैयाँ सल्लेरी(तामाखानी–गोली–चौलाखर्क सडकका लागि बिनियोजन गरिएको छ । Continue reading

सगरमाथा आधार शिबिरमा स्वचालित क्यामेरा


सोलुखुम्बु/सोलुअनलाइन – जलवायु परिवर्तनको कारण उत्पन्न असरबारे अध्ययन गर्न सगरमाथा आधार शिविर क्षेत्रमा ४ वटा स्वचालित क्यामेरा जडान गरिएको छ । जलवायु परिवर्तनको असरबारे अध्ययन गरिरहेको एक अमेरिकन संस्थाले सो क्यामेराहरु जडान गरेको हो । Continue reading

माओवादी स्थायी समितिको बैठक बस्दै


११ पौष, काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक अहिले केहिबेरमा बस्दैछ छ । प्रचण्ड निवास नयाँ बजारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल हुने माओवादी सचिव पोष्टबहादुर वोगटीले जानकारी दिनुभयो । Continue reading

साहरुखलाई सीलाको जवानी हेर्न फुर्सद छैन


मुम्बई – आइटम गीत ‘सीलाकी जवानी…’ कै कारण फराह खानको फिल्म तिसमार खान हेर्नेहरु कम छैनन्। तर बलिउडका प्रभावशाली हिरो साहरुख खान भने यो फिल्म हेर्ने मुडमा छैनन्। फराहसँग सम्वन्ध विग्रिएकै कारण साहरुखले खानले उनको यो फिल्म हेर्न रुचि नदेखाएको भारतीय मिडियाहरुले लेखेका छन्। त्यसो त सीलाकी जवानी गीत बाहेक यो फिल्ममा हेर्न लायक केही नभएको बताउँनेहरु पनि छन्। Continue reading

नेपाली नक्कली नोटसहित एक जना पक्राउ


राजु अधिकारी, झापा, पुस १०- शुक्रबार राति बिर्तामोडको होटेल कञ्चनमा छापा मारी प्रहरीले नक्कली नेपाली नोटसहित एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरका हेमराज नेम्वाङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। Continue reading

ब्रिटिस गोर्खा कप उपाधि थ्रिस्टारलाई


काठमाडौं, पुस १० – सर्वाधिक पुरस्कार राशिको ब्रिटिस गोर्खा कपको उपाधि थ्रिस्टार क्लबले जितेको छ। शनिबार काठमाडौं रङ्गशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै थ्री स्टारले १० लाख रुपियाँको पुरस्कार जितेको हो। Continue reading

नेपाल स्वास्थ्य प्राबिधिक संघ गठन


१० पुस (सोलु अनलाइन) – पुष्पबाबु बस्नेतको अध्यक्षतामा नेपाल स्वास्थ्य प्राविधक संघ सोलुखुम्बुको नयाँ कार्यसमिती गठन भएको छ । संघको शुक्रबार सम्पन्न प्रथम जिल्ला सम्मेलनले बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती छनौट गरेको हो । संघको उपाध्यक्षमा ल्हेमी लामा, सचिव सुर्य श्रेष्ठ,  कोषाध्यक्ष रामकुमारी राई र सह–सचिवमा टंकनारायण श्रेष्ठ चयन हुनुभएको छ । Continue reading

अखिलको उपत्यका बन्द १२ बजेपछि सकियो


काठमाडौँ, पुस ९ – सरकारको नेतृत्व गरिरहेको एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुले गरेको उपत्यका बन्द अहिले मध्याह्न १२ बजेपछि कोणसभा आयोजना गरी सकिएको छ। बन्दका कारण सडकमा कम सवारी साधन गुडेका थिए। बन्द गराउँदै हिँडने २ सय जनालाई प्रहरीले पक्रेको अखिलले जनाएको छ। Continue reading

साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित


८ पौष, काठमाडौं । बंगलादेशमा सम्पन्न प्रथम महिला साफ च्याम्पियनसिप फुटबलको फाइलनमा नेपालले पुरानो प्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ । Continue reading

सुम्बु खोला जलविद्युतका लागि समिति


पुस ८ (सोलु अनलाइन) – राम संघर्ष किरातीको अध्यक्षतामा सुम्बुखोला लघुजलबिद्युत आयोजना देउसाको निर्माण समिति गठन गरिएको छ । बुधबार सम्पन्न उपभोक्ताहरुको भेलाले किरातीको अध्यक्षतामा २२ सदस्यीय निर्माण समिति गठन गरिएको हो । Continue reading

सर्वाधिक नगद पुरस्कार राशीको फुटबल र भलिबल प्रतियोगिता हुने


पुस ८ (सोलु अनलाइन) – नेपाल पर्यटन बर्ष २०११ को शुरुवात्सँगै सोलुखुम्बुको पर्यटकीय स्थल चौरिखर्कको लुक्लामा फुटबल र बुङमा भलिबल प्रतियोगिता हुने भएको छ । यि दुवै प्रतियोगिता जिल्लाकै सर्वाधिक नगद पुरस्कार राशी भएको प्रतियोगिता हुनेछ । Continue reading