सन्दर्भ आदिवासी आन्दोलनको …


पेम्बा गेलु शेर्पा

सन २००१ को जनगणनालाई आधार मान्ने हो भने नेपालमा आदीवासीहरु जनजातिहरुको जनसङ्ख्या ३७.६ प्रतिशत छ। नेपालका विभिन्न ५९ वटा जातिहरुलाई आदिवासी जनजातिको सुचिकारणमा सुचिकृत गरिएको छ र सबैको साझ संस्थाको रुपमा नेपाल आदिवासी जनजाति महासंघ स्थापना गरिएको छ। बिगतका दिनहरुमा र विशेष गरी एतिहासिक जनआन्दोलन २०६२/६३ को उपलब्धी पछि आदिवासी जनजाति महासंघले आफ्नो अगुवाईमा नेपालका आदिवासी जनजातिहरुको हक अधिकारका निमित्त विभिन्न चरणहरुमा आन्दोलनका कार्यक्रमहरु गर्दै आए तर ती सबै खाले आन्दोलनको उपलब्धीहरु के रह्यो त? Continue reading

चोमोलोङमा प्रतिष्ठान नेपालको पहिलो गीति संग्रह “अंकुरण” को बिमोचन


पेम्बा गेलु शेर्पा/भूपाल राना

साउन १४/काठमाडौँ (सोलु अनलाईन) – चोमोलोङमा प्रतिष्ठान नेपालको पहिलो गीति  संग्रह “अंकुरण” को आज एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा बरिष्ठ संगितकार प्राज्ञ बुलु मुकारुङले उक्त गीति संग्रहको बिमोचन गर्नुभएको थियो । बिशेष गरि साहित्य कला संगीत क्षेत्रमा प्रखर अभिरुचि राख्ने सोलुखुम्बुका स्रष्टाहरुको संस्थाको रुपमा स्थापना भएको चोमोलोङमा राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष पविधन खालिङको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ संगीतकार बुलु मुकारुङ रहनुभएको थियो । Continue reading

ज्वाइँले छोरी मारेको आरोप


image


सप्तरी,  १५ साउन : मोटरसाइकल दाइजो नपाएको झोँकमा ज्वाइँले छोरी मारेको माइती पक्षले आरोप लगाएका छन् । मलेठ-८ सप्तरीका हेमनारायण यादवले १८ वषर्ीया पत्नी काजलदेवीको झुन्ड्याएर हत्या गरेको मृतकका माइती पक्षले आरोप लगाएका हुन् । काजलदेवी बिहीबार साँझ घरमै झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । पकरी-१ निवासी मृतकका बाबु हरिश्चन्द्र यादवले छोरीको हत्या भएको भन्दै ज्वाइँ हेमनारायण र ससुरा सकलदेवसहित पाँचजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । Continue reading

सुरक्षा निकायका रासनमा भेदभाव


काठमाडौं, श्रावण १५ – राज्यले मुलुकका चार सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिने दैनिक रासनमा निकै ठूलो भेदभाव गरिएको छ । रासन विभेदको यो चेपुवामा सबैभन्दा बढी प्रहरी परेको छ । परिचालनका दृष्टिले विरोध प्रदर्शन, हडताल, बन्दजस्ता क्रियाकलाप भइरहने मुलुकमा धेरैजसो अवस्थामा प्रहरीहरू २४ घन्टा खटिनुपर्छ । तर सामान्य अवस्थामा ब्यारेकमा बस्ने सेनाको तुलनामा प्रहरीले पाउने रासन निकै कम छ । Continue reading

प्रधानमन्त्रीलाई नेपाल घुमाउँछुः बेलायती रक्षामन्त्री


लन्डन , श्रावण १५ – बेलायती रक्षामन्त्री एन्ड्रयु रोवाथनले आफ्ना प्रधानमन्त्रीलाई छिट्टै नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । यतिखेर बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसहित विभिन्न मन्त्री र उद्योगी सम्मिलित जम्बो टोली छिमेकी मुलुक भारत भ्रमणमा छ । बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेसँगको भेटमा रक्षामन्त्री रोवाथनले यस्तो बताएका हुन् । Continue reading

पिनाकल र के यु हाईस्कुल विजयी


कोका-कोला कप अन्तर विद्यालयस्तरीय छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता-२०६७ अन्तर्गत आज भ्ाएको पहिलो खेलमा पिनाकल स्कलस्र एकेडेमी नाइटिङ्गेल स्कुलबाट वाकओभर पाउदै विजयी भएको छ । Continue reading

दस्ताबेज चुहावटको विषयमा अमेरिकाले जाँच गर्ने


९० हजार भन्दा बढि अमेरीकी सेनाको गोप्य सैन्य दस्तावेज चुहावट भएको विषयमा जाँच गर्न अमेरीकाले एफबिआईको सहयोग लिने भएको छ । अमेरीकी र गठबन्धन सैनिकका लागी निक्कै खतरनाक रहेको दस्तावेज चुहावटको गहिरो अनुसन्धान आवश्यक रहेको बताउदै अमेरीकी रक्षा मन्त्रि रोर्बट गेट्सले दस्तावेज चुहावट कसरी भएको भन्ने कुरा पत्ता लाग्ने दावी गर्नुभको छ । Continue reading

बाढिबाट पाकिस्तानमा ३ सय १३ को मृत्यु


पाकिस्तानमा भारी वर्षाको कारण तीन दिनदेखि आएको बाढीमा परी कम्तीमा ३ सय २५ जनाको ज्यान गएको छ । पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएअनुसार लगातार आएको मौसमी झरीबाट उत्तर पश्चिमी पाकिस्तानका गरिबी व्याप्त ग्रामीण इलाकाहरु बढी प्रभावित भएका छन् । कस्मिरमा मात्रै २२ जनाको ज्यान गईसकेको छ । Continue reading

‘प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिन काङ्ग्रेस तयार’


नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले अन्य दल राष्ट्रिय सहमतिका लागि तयार भए आफ्नो पार्टी प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिन तयार रहेको बताउनु भएको छ ।
प्रेस युनियन मोरङद्वारा आज कोइराला निबास विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरेर मुलुकलाई बन्धक बनाउनुभन्दा सहमतिको प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । Continue reading

शोभराजलाई सर्वश्वसहित जन्मकैद


हत्या अपहरण र लागूऔषध कारोबारमा संलग्न कुख्यात अन्तराष्ट्रिय अपराधी प्रुान्सेली नागरिक चाल्स्र शोभराजलाई सर्बोच्च अदालतले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । न्यायाधीसद्वय रामकुमार प्रसाद शाह र गौरी ढकालको संयुक्त इजलाशले आज अन्तिम फैसला गर्दै पुनरावेदन अदालत पाटनको फैसलालाई सर्बोच्चले सदर गरेको हो । Continue reading

८१ जनाद्वारा एमाले परित्याग


पार्टी नेतृत्वपंक्ति उद्देश्य र सिद्धान्तबाट विचलित भएको भन्दै नेकपा एमाले सप्तरीका ८१ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । Continue reading

राजनीतिक छविका डिन नियुक्तिको विरोध


प्राज्ञिक पृष्ठभुमि नभएको व्यक्तिलाई इन्जिनियरिङ्ग अध्ययन संस्थानको डिनमा नियुक्त गरेको विरोधमा निमित्त डिन तथा ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजका क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुखहरुले आज सामूहिक राजीनामा दिएका छन् । Continue reading

झरनाको आफ्नै साइट


काठमाडौँ, साउन १४ – कलाकार झरना बज्राचार्यले आफ्नै साइट सुरु गरेकी छिन्। झरनाबज्राचार्य डट कम ठेगाना भएको वेबसाइटमा पाठकले अहिले उनका लेख तथा फिल्मी गतिविधि पढ्न पाउनेछन्। पूर्व मिस नेपाल बज्राचार्यले आफ्नो साइटमा आध्यात्मलाई जोड दिने बताएकी छन्। साइटमा ‘लिभिङ’ र ‘स्पिरिट’ गरी दुई भाग छन्। ‘लिभिङ’मा झरनाको मोडलिङ, फिल्मी करिअर र जीवन यात्रा बारे उल्लेख छ। ‘स्पिरिट’को भागमा उनका लेख पाठकले पढ्न पाउने छन्। ‘मलाई थाहा छ धेरै मान्छे सोचभित्र आफूलाई गुमाइरहेका हुन्छन्’ वाच द थिङ्कर शीर्षकमा उनले लेखेकी छन्- ‘धेरै समस्याका मुख्य स्रोत मान्छेकै नकारात्मक स्रोत हुन्।’ Continue reading

प्रधानमन्त्री चयन नहुँदा यस्तो छ नागरिक आक्रोस


काठमाडौं, श्रावण १४ – महंगी बढेको बढ्यै छ । सरकारको सशक्त उपस्थिति नहुँदा दण्डहीनता बढेको छ । नागरिकको कर खाएर बसेका सभासदहरुले संविधान लेख्न सुरु गर्न त परै जाओस, मुलुकलाई एउटा सरकार समेत दिन सकिरहेका छैनन् । मुलुकले प्रधानमन्त्री पाउने/नपाउने अन्यौलबीच जनआक्रोश बढेको छ । टोल, बजार, सडक, पसल, बसभित्र र सञ्चारकर्मीबीच यो ठूलो बहसको विषय बनेको छ । विदेशी सञ्चार माध्यमहरुले राजनीतिक अस्थिरताका कारणले यो मुलुकलाई असफल मुलुकको सम्भाव्य सूचीमा राख्न थालेको छ । Continue reading

प्रधानमन्त्री निर्वाचनमा माओवादीका दुई रणनीति


काठमाडौं, श्रावण १४ – माओवादीले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बहुमतीय सरकार निर्माण गर्न मुख्य दुई रणनीति अपनाएको छ । उसको पहिलो रणनीति संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाको समर्थन जुटाउनु छ भने दोश्रो एमाले तटस्थनै राख्ने वातावरण सृजना गर्नु हो । तेश्रो चरणको प्रधानमन्त्रीय निर्वाचन आगामी सोमबार हुँदैछ । Continue reading

एमाले विवाद समाचार


एमाले भित्रको विवाद कार्यकर्ता देखि नेता र सभासद देखि सर्बोच्च सम्म पुगेको छ । पछिल्लो चरणमा अध्यक्ष झलनाथ खनालको उमेदवारी कायम गर्न संस्थापन पक्षका नेता र सभासदहरु एकातिर लागि रहेका छन् भने अर्कोतिर ओलि नेपाल पक्षधर केन्दीय समितिकोवैठक बो्लाएर अवको प्रधानमन्त्रीको चुनावमा काँग्रेशको यस अघिको पैचो तिर्न तयार भएका छन् । Continue reading

डुङगा दुरघटना


साउन १३, अपि्रुकी राष्ट्र कंगोमा जहाज दुरघटना हुदा १४० जनाको मृत्यू भएको छ । कंगोको बन्दुन्धु राज्य स्थित कासाई नदिमा यात्रु र सामान बोकेको जहाज दुरघटनाग्रस्त भएको विविसीले जनाएको छ । Continue reading

कुटनीतिक सकि्रयता बढ्यो


सरकार गठनका विषयमा अन्यौलता कायमै रहेका बेला नेपालमा कुटनीतिक सकि्रयता बढेको छ । सरकार गठनका विषयमा विशेष चासो देखाउँदै आएका नेपालका लागि अमेरिकी राजदुत स्कट एच डेलिसीले हिजो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रीकका अध्यक्ष विजय कुमार गच्छादारसंग भेटवार्ता गर्नु भएको छ । Continue reading

माओबादी कार्यकर्ताको हत्या


एकिकृत नेकपा माओवादीले आफ्ना कार्यकर्ता हत्याको श्रृङ्खला नरोकिए प्रतिरोध गर्ने चेतावनी दिएको छ । माओवादी प्रबक्ता दिनानाथ शर्माले हिजो एक विज्ञप्ती प्रकाशीत गरि आफ्ना कार्यकताहरुको हत्या नरोकीय जीउधनको सुरक्षाका लागि प्रतिरोध गर्ने र त्यसको जिम्मा सरकारले लिनु पर्ने उल्लेख गरिएको छ । Continue reading

फेरी प्रधानमन्त्री नछानीए मुलुक गोलचक्करमा फस्छः प्रचण्ड


काठमाडौ १३ साउन, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सोमवार हुने निर्वाचनवाट पनि प्रधानमन्त्री चयन नभए मुलुक गोल चक्करमा फस्ने संकेत गर्नुभएको छ । देशलाइ गोलचक्करवाट बचाउन तीब्र बहसको जरुरी रहेको उहाँको भनाइ छ । Continue reading

माओबादीको निर्णय


 नयाँ बन्ने सरकारलाई समर्थन गर्ने सम्बन्धमा मधेसी मोर्चाले अघि सारेको आधारपत्रको जवाफमा एकीकृत नेकपा माओबादीले लिखित मस्यौदा तयार पारेको छ ।
हिजो पार्टी कार्यालय कोटेश्वरमा बसेको पदाधिकारी बैठकले मधेसी मोर्चालाई पठाउने जवाफको मस्यौदा पारित गरेको एकीकृत नेकपा माओबादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनु भयो । Continue reading