रेडियो कार्यक्रम उत्पादन सम्बन्धी तालिम


सल्लेरी/सोलुखुम्बु : १७ बैशाख, २०६७ – सामुदायिक रेडियो सोलु एफएमको आयोजनामा रेडियो कार्यक्रम उत्पादन प्रसारण सम्बन्धी आधारभूत तालिम हिजादेखि शुरु भएको छ । ५ दिनसम्म चल्ने तालिममा ११ जना सहभागी भएकाछन् । रेडियो कार्यक्रम उत्पादन प्रसारणका लागि स्वयम् सेवक उत्पादन गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको स्टेशन म्यानेजर मनोज श्रेष्ठले जानकारी दिनुभयो । Continue reading

विस्फोटक पदार्थ सहित पक्राउ


पोखरा, वैशाख १७ – तनहुँ प्रहरीले विष्फोटक पदार्थसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। लम्जुङबाट काठमाण्डौं जाँदै गरेको बा १ ज ९७३५ नम्वरको माइक्रो बस जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन। प्रहरीले उनीहरुबाट जिलेटिन ३७ लोला (५ के.जी.), ७२ वटा केप र ३ सय मिटर लामो बिजुलीको तार फेला पारेको छ। Continue reading

प्रधानमन्त्रीको राजिनामा समस्याको समाधान होइनः एमाले


एमालेले प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा नै समस्याको समाधान नभएको भन्दै आन्दोलन फिर्ता लिन माओवादीलाई आग्रह गरेको छ । शुक्रबार साँझ बसेको पोलिटब्युरो बैठकले राजिनामाले मात्र सहमतिमा पुग्न नसकिने ठहर गरेको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले आन्दोलनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ । ‘शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सवैसँग छ,’ ज्ञवालीले भने, ‘आन्दोलन हिंसात्मक भए र दुर्घटनाको रुप लिने भए सरकारले जस्तोसुकै कदम पनि चाल्न सक्छ ।’ Continue reading

विश्व भ्रमण गर्न तम्सिएका पत्रकारद्वय सोलुखुम्बुमा


प्रेश स्वतन्त्रता एवं सकारात्मक पत्रकारिताका लागि बिश्वभ्रमणमा निस्किएका नेपालका २ पत्रकार सोलुखुम्बु आईपुगेका छन् । पुर्वाञ्चलको अन्तिम जिल्ला तथा भ्रमणको ६४ औं जिल्लाका रुपमा पत्रकारद्धय नारायण प्रसाद भट्टर्राई सोहम् र नवराज भट्टर्राई कोहम गत बिहिबार सोलुखुम्बु आईपुग्नु भएको हो । धनकुटा, ओखलढुङ्गा हुँदै सोलुखुम्बु आईपुग्नु भएका पत्रकारद्धयले २०६५ सालको कार्तिक २ गते आफ्नो जन्मथलो भोजपुरबाट शुरु गर्नुभएको यात्राले अहिलेसम्म १८ महिना पार गरिसकेको छ । प्रेश स्वतन्त्रताको प्रत्याभुति एवं सकारात्मक पत्रकारिताको बिकासका बारेमा भ्रमणका क्रममा अन्तरक्रिया तथा छलफल गर्ने प्रमुख उद्धेश्य रहेको बिश्व भ्रमणको प्रमुख माग बिश्वमा प्रेश स्वतन्त्रता, प्राथमिक्तामा सकारात्मक पत्रकारिता नै रहेको छ । Continue reading

चट्याङका कारण १ को मृत्यु


मनोजकुमार श्रेष्ठ : १४ बैशाख, २०६७ सल्लेरी/सोलुखुम्बु- हावाहुरीका साथमा आएको चट्याङका कारण सोलुखुम्बुको तिङला ८ मा हिजो एक महिलाको मृत्यु भएको छ । राती ८ बजेतिर परेको चट्याङका कारण तिङला ८ पेकारनासाकी बर्ष४६ की इनुमाया मगरको मृत्यु भएको हो । चट्याङवाट सोही स्थानमा बर्ष १९ का सानुमाया मगर र रेणुका कार्की घाइते भएकाछन् । Continue reading

सल्लेरी नयाँबजारमा आगोलागी पीडितहरुलाई राहत संकलन बारे अपील


यहाँहरुलाई जानकारी छ नै कि सोलुखुम्बु सल्लेरी-७ नयाँ बजारमा भिषण आगलागी हुदाँ पूर्ण रुपमा १४ घर जलेर नष्ट भएको थियो भने आंशिक रुपमा ५ घर जलेका थिए यो ठुलो क्षतिबाट लगभग ६ करोड बराबरको नोक्सान भएको अनुमान गरिएको छ र यो क्षतिसंगै लगभग एकसय भन्दा पनि बढीले घरवारविहिन हुनु परेको छ।  यदि तपाईं पनि सोलुवासी र नेपाल बाहिर हुनुहुन्छ भने  कृपया यो सूचना सबैलाई जानकारी गराई सहयोगको लागि अपिल गर्न हामी हार्दिक अनुरोध गर्दछौं। Continue reading

गाउँका सयपत्री


लीलानाथ घिमिरे:

हुनलाई उनी भण्डारी हुन् । पारिजातबाट प्रभावित भएर उनी साहित्यतिर लहसिन थाले र थरको ठाउँमा ‘सयपत्री’ लेख्न सुरु गरे । आफू प्रावि तहको शिक्षक रहेको रामेछापको दुर्गम गाउँबाट उनी कहिलेकाहीं राजधानी आउँछन् । ‘यहाँका पत्रपत्रिकामा गत वर्ष मेरा सयभन्दा बढी रचना छापिएछन्,’ पत्रपत्रिकामा रचना दिन र छापिएकाको पत्रंपुष्पं उठाउन आएका उनले हालैको भेटमा सुनाए, ‘दुर्गमको भए पनि राजधानीले मलाई माया गरेको छ ।’उनको गाउँ फुलासी पुग्न मोटर चल्ने बाटो छाडेर एकबिहान हिँड्नुपर्छ । गाउँमा न बिजुली छ न सञ्चारको सुविधा । नयाँ पत्रपत्रिका वा पुस्तक हेर्न दिनभर लगाएर सदरमुकाम मन्थली पुग्नुपर्छ । सिर्जनालाई निरन्तरता दिए पनि पत्रिका प्रकाशन गृहसम्म पुर्‍याउन आफैं धाउनुपर्छ । त्यस्तो प्रतिकूलताले पनि सयपत्रीलाई सृजनकर्मबाट गलाउन सकेको छैन । Continue reading

सत्ताकव्जाको नयाँ रिहर्सलमा माओवादी


नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले माओवादीले सत्ता कव्जा गर्न नयाँ रिहर्सल गरिरहेको आरोप लगाएका छन्। वैशाख १८ गते काठमाडौमा गर्न लागेको कार्यक्रम सत्ताकब्जाको उपज भएको उनको दावी छ।उनले मओवादीले जती सुकै अराजकता पैदा गरेपनि शान्ति प्रक्रियालाई कुनैपनि हालतमा बन्धकी राख्न नसकिने ठोकुवा गरे। विधि र विधानलाई आत्मसाथ गर्दै सरकार अगाढी वढ्ने समेत उनको भनाई थियो। Continue reading

दुध बोक्ने ट्रकमा काठमाडौं भित्र्याइँदै गरेको लाठी बरामद


राजधानीमा हुने जनप्रदर्शनका लागि ल्याइँदै गरेको झण्डै ६ सय लाठी प्रहरीले काभ्रेमा बरामद गरेको छ । माओवादीले हिमालयन डेरीको दुध बोक्ने मिनि ट्रकमा लाठी पठाउन लागेका थिए । तीन पिप्लेबाट आइरहेको लाठी बोकेको बा २ च ७८६५ नम्वरको मिनि ट्रकलाई प्रहरीले खावामा नियन्त्रणमा लिएको थियो । उक्त लाठी पात्लेखेतस्थित कँडेल सामूदायिक वनबाट ल्याइएको प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिएका छन् । Continue reading

राजधानीमै शिक्षकहरुलाई अर्धसैन्य तालिम


युवाहरुको लागि छुट्टै लडाकु संगठन बनाएको माओवादीले आइतबार राजधानीमा शिक्षकको समेत लडाकु दस्ता बनाएको छ । ‘भोलेन्यिर्स टिचर्स अफ नेपाल’ नामक दस्ताका शिक्षकहरुलाई वाईसीएल जस्तै आन्दोलनको समयमा प्रतिरक्षाका लागि शारिरीक अभ्यास भन्दै ‘अर्ध सैन्य’ तालिम दिन सुरु गरिएको छ । Continue reading

अन्नपूर्ण अवार्ड सम्पन्न


रबि भूषण,पोखरा: पोखराको एफएम अन्नपूर्ण ले आयोजना गरेको म्युजिल अवार्डमा यसपालि बिपिन किरणले रचेको र स्वरुप राज आचार्यले गाएको ” बल गरेर….” सर्बोत्कृष्ट गीत चुनिएको छ । पोखरामा शनिबार अन्नपूर्ण एफएम को दशौ बार्षिक उत्सब तथा अन्नपूर्ण अवार्डको २३ बिधामा पुरस्कार बितरण गरियो । उत्कृष्ट पार्श्व गायीकामा “कहाँ भेटिएला ….” चलचित्रको को शीर्ष गीत मार्फत अन्जु पन्त ले पुरस्कार हात परेकी छिन । दोहरीमा प्रजापति पराजुली ले ” के खान्छ्यौ कमला ” शब्द संकलनमा शिब सुबेदी, दोहरी गायीकामा देबी घर्ती, लोकदोहरी गायिकामा पुरुषोत्तम न्यौपाने, युगल गायनमा पुरुषोत्तम न्यौपाने, युगल गायनमा राम भक्त जिजिजु र इतु जोजिजय, रक गायनमा जीबन गुरुङ्ग तथा संगीत संयोजनमा गोपाल रसाइली ले अवार्ड हात पार्न सफल भएका छन् ।

Continue reading

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली ब्यान्ड


नेपाली सांगीतिक ब्यान्डले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउने भएको छ। अन्डरग्राउन्ड मेटल्स् समूह इक्वेल्स नेपालको प्रतिनिधित्व गर्दै लन्डनमा हुने ‘ग्लोबल ब्याटल अफ ब्यान्ड २००९’मा भाग लिन आइतबार प्रस्थान गर्दैछ। इक्वेल्समा जम्मा पाँच सदस्य छन्। ‘हामी प्रतिस्पर्धामा सहभागी हुनु अघि एकपटक नेपाली दर्शकको साथ चाहन्छौं,’ इक्वेल्सका सदस्य अनिलले शुक्रबार आयोजित बिदाइ कार्यक्रममा भने, ‘हाम्रा गीतहरू प्रायः मानिसले बुझ्दैनन्। रक संगीतकर्मीले मात्र यस्ता गीत बुझ्छन्।’ Continue reading

डेपुटी गभर्नरलाई दौडधुप


नेपाली कांग्रेस र एमालेबीचको लामो विवादपछि गभर्नर बनेका डा. युवराज  खतिवडाले अझैसम्म डेपुटी गभर्नर नियुक्त गरेका छैनन् । गभर्नर नियुक्तिको १५ दिनभित्रै डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने भए पनि एक महिनासम्म पनि डेपुटी गभर्नरको नाम खतिवडाले सिफारिस गर्न सकेका छैनन् । चैत ९ गते डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले बिदा लिएपछि खाली पदका लागि राष्ट्र बैंकका विशिष्ठ श्रेणीमा कार्यरत कर्मचारीहरू शक्ति केन्द्र धाउने क्रम बढेको छ । गभर्नरले डेपुटी गभर्नरका लागि २ जनाको नाम सिफारिस गर्नुपर्ने र सोमध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई नियुक्त गर्ने व्यवस्था छ । डेपुटी गभर्नर आगामी गभर्नरको दाबेदार हुने भएकाले यो पदमा आकर्षण छ । डेपुटी गभर्नरका पदावधि ५ वर्ष रहने र गभर्नर पनि हुन पाइने भएकाले यो पटक बढी आकर्षण भएको एक कार्यकारी निर्देशकले बताए । अहिले नियुक्त हुने डेपुटी गभर्नरको पदावधि गभर्नर खतिवडाको भन्दा पछाडि सकिन्छ । Continue reading

भूले शहिदलाई/शालिकमा फुल चढाउने श्रीमती र भाइमात्र


विमल खतिवडा: शहिद गोविन्दनाथ शर्माको शालिक रहेको लोकतान्त्रिक चोक शनिवार सुनसान जस्तै देखिन्थ्यो । चोकमा भेलाभएका केही सर्वसाधरण २०६२/०६३ को आन्दोलन आपसमा समिक्षा गर्नमा व्यस्त थिए । चोकमा विभिन्न संघसंस्थाको सहयोगमा निर्मित शहिदको शालिक फुस्रो र उदाङगो बनेको थियो । राजनैति दलका नेता र सरकारी कार्यालयका कर्मचारी आफ्नै व्यक्तिगत काममा व्यस्त थिए ।

Continue reading

सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गर्न खोज्दै छ: दाहाल


माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण आन्दोलनलाई अतिरञ्जित प्रचार गरेर सरकारले दमन गर्न खोजेको आरोप लगाएका छन् । उनले तोकिएको समयमा संविधान निर्माणको सुनिश्चितताका लागि आन्दोलन गर्न लागेको दाबी गर्दै दमन गर्ने सरकारको तयारीको प्रतिवादसमेत गरिने बताए । सत्तारूढ घटकको उदासीनताका कारण संविधान निर्माण अन्योलमा परेको भन्दै उनले आन्दोलनको तयारी गर्नुपरेको तर्क गरे । Continue reading

नेपाल पत्रकार महासंघ, कुवेत सम्पर्क शाखा गठन


जय आले, कुवेत

२००९ अक्टुवर ११ र १२ (२०६६ असोज २५ र २६ गते) काठमाण्डौमा सम्पन्न प्रवासी नेपाली पत्रकारहरुको प्रथम विश्व सम्मेलनले विश्वभरी छरपष्टित रहि बिभिन्न अनलाइन पत्रिका, छापा पत्रिका, एफएम तथा टेलिभिजनहरुमा आवद्द प्रवासी नेपाली पत्रकारहरुको समस्या, हकहित र मागप्रति ऐक्यबद्धता जनाउँर्दै, प्रवासमा रहेका नेपाली पत्रकार तथा संचार माध्यमलाई प्रवासमै संगठित गरी, नेपाल पत्रकार महासंघको मातहतमा रही कार्य गर्नको निम्ती क्षेत्रीय समिति बराबरको अधिकार प्रत्यायोजन गर्न र सोही स्तरको प्रवासी समिति निर्माण गर्न नेपाल पत्रकार महासंघलाई सुझाव एवं मागसहित पेश गरेको प्रवासी नेपाली पत्रकारहरुको जारी काठमाण्डौ घोषणापत्र २०६६ लाई ध्यानमा राख्दै; २३ अप्रिल २०१०, शुक्रवारको दिन कुवेत नगरीमा पनि “नेपाल पत्रकार महासंघ, कुवेत सम्पर्क शाखा” (Federation of Nepali Journalist, Kuwait Chapter) गठन गरिएको छ ।

Continue reading

हिंसाको बाटो माओवादीकै लागि घातकः कोइराला


प्रेमकुमारी घले : उपप्रधानमन्त्री सुजता कोइरालाले माओवादीले अंगालिरहेको हिंसाको बाटो उसकै लागि घातक हुने बताएकी छन् । शनिबार सदरमुकाम बेसीशहरमा बृहत तरुण दलको भेलालाई सम्बोधन गर्दै कोइरालाले माओवादी संविधान लेख्न छोडेर द्वन्द्वको बाटोतर्फ जान खोजेको आरोप लगाइन् । उनले माओवादीलाई  बार्तामार्फत समस्या समाधान गरि शान्ति प्रकृयामा आउन आग्रह गरिन । Continue reading

माओवादीको फेरि चन्दाआतंक


वर्तमान सरकारलाई राजीनामा गराई आफूलाई सत्तामा पुर्याउने उद्देश्यले एकीकृत नेकपा (माओवादी) ले वैशाख १८ गते जनप्रदर्शनका लागि जनतालाई राजधानीमा ल्याउने र युवाहरुलाई तालिम दिने नाममा देशभर चन्दा अभियानलाई तीव्र बनाएको छ।  सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा चन्दा उठाउन नपाइने उल्लेख भए पनि माओवादीले त्यसलाई उल्लंघन गर्दै दबाबमूलक ढंगले चन्दा अभियानलाई तीव्र बनाएको छ। माओवादीले चन्दा अभियान तीव्र बनाए पनि प्रहरी प्रशाशनले कतै पनि हस्तक्षेप गरेको छैन र माओवादीले चेतावनीसहित देशभर चन्दा अभियान जारी राखेको छ। Continue reading

कांग्रेस र एमाले संविधान बनाउन चाहदैनन् : उपेन्द्र यादव


मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सधैं मधेश विरोधी नीति बोकेको कांग्रेस र एमालेले संविधान नबनोस् भन्ने चाहेको बताएका छन् । फोरम, सप्तरीको क्षेत्र नं. २ द्वारा भारदहमा आयोजित विरोध जनसभामा बोल्दै अध्यक्ष यादवले शुक्रबार ठूला दलहरुले मधेश प्रदेश नदिने मानसिकता बोकेको कारण संविधान बनाउन नचाहेको आरोप लगाए । Continue reading

माओवादीले सरकारको नेतृत्व गर्ने सपना नदेखे हुन्छः ओली


See full size imageनेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीले सरकारको नेतृत्व गर्ने र सत्ता कब्जा गर्ने सपनालाई आफूहरुले पूरा गर्न नदिने बताएका छन्। नेता ओलीले ‘माओवादीले सेन्ट्रो कार, सेता घोडा, राम्रो धान, राम्रो घर, व्यापार, उद्योग कब्जा गर्दै” राज्यसत्ता कब्जा गर्न खोजेको आरोप लगाए।आज प्रेस चौतारी नेपाल भक्तपुरले आयोजना गरेको कार्यक्रममा चौतारीका नवनिर्वाचित केन्द्रीय पदाधिकारीलाई सम्मान गर्दै नेता ओलीले भने-“माओवादीलाई सरकार चाहियो रे, सरकारको नेतृत्व गर्ने रे, अब त्यो सपना नदेखे हुन्छ, एकपटक हेर्नलाई दियौँ,साह्रै टर्रो लाग्यो, सत्ता कब्जाको रणनीति त्यागे हुन्छ, त्यो सपना हामी पूरा हुन दिन्नौँ।” Continue reading

माओवादी विनाशको लक्षणः आपूर्ति मन्त्री


आपूर्ति मन्त्री राजेन्द्र महतो अध्यक्ष रहेको सदभावना पार्टीको ‘मेची -महाकाली मधेस स्वाभिमान यात्रा’ बिहीवार कञ्चनपुरको दक्षिणी भेगको सीमा बजार बेलौरी पुगेर टुगिंएको छ । सदभावना पार्टीको मधेस स्वाभिमान यात्रा झापाको राजगढबाट चैत २१ गते सुरु भएको हो । यात्रा समापन पछि शुक्रवार महेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले मधेशको स्वाभिमान र सम्मानको रक्षाका लागि मधेशी जनतालाई वारपारको अन्तिम लडाईँका लागि जागरुक रहन आयोजना गरिएको यात्रा सफल रहेको दाबी गरे । Continue reading