भो मलाई चाहिंदैन घुम्ने कुर्सी


–शोभित नेपाल

कसैले दान दिएको
बाहिरकाहरूले मान दिएको
‘असल छिमेकी’ ले पिठ्युँमा
धाप मारेर सम्मान दिएको
दुई ठाउँमा हारेकाले
लाजमर्दो उठान पाएको
दुई ठाउँमा जितेकाले
दुःखलाग्दो बैठान खाएको
भो चाहिंदैन मलाई घुम्ने कुर्सी !! Continue reading

अन्तर्जातीय विवाह गर्ने जोडीले एक लाख पाए


काठमाडौँ, जेठ १७ – अन्तर्जातीय विवाह गरेबापत काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट एकजोडीले पुरस्कारस्वरुप रु एकलाख लिएका छन्। काठमाडौँ जिल्ला प्रसाशन कार्यालयबाट रुपैयाँ लिने विश्वकर्मा र बस्नेतको जोडी पहिलो हो। अन्तर्जातीय विवाहलाई प्रोत्साहन गरी समाजबाट छुवाछुत हटाउने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको बजेटमा सो कार्यक्रम ल्याएको थियो। Continue reading

संविधान अझ छिट्टै


काठमाडौ, जेष्ठ १६ – संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको म्याद एक वर्ष थपिए पनि त्योभन्दा अगावै संविधान जारी गरिसक्नुपर्ने बताएका छन् । त्यसका लागि उनले सातदेखि नौ महिनासम्ममा काम सक्ने गरी कार्यतालिका बनाउन सकिने जानकारी दिए । Continue reading

राजीनामा र सहमति सँगसँगै : ओली


काठमाडौ, जेष्ठ १६ – एमाले नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामा र राष्ट्रिय सहमतिको निर्माण सँगसँगै अघि बढ्ने बताएका छन् । ‘प्रधानमन्त्रीको राजीनामा स्वतन्त्र विषय होइन । राष्ट्रिय सहमति बनाउन हो,’ आइतबार भारतको राजधानी दिल्ली प्रस्थान गर्नुअघि उनले भने, ‘अगाडि र पछाडि भन्नेभन्दा पनि यी दुवै सँगसँगै अघि बढ्ने विषय हुन् । तीन दलबीच तीन बँुदामा भएको सम्झौताको अर्थ सहमतिको यात्रामा गएर राष्ट्रिय सहमतिको सरकार बनाउने हो ।’ शान्ति प्रक्रिया सफल बनाउने सन्दर्भमा बाँकी रहेका विषयमा सहमति कायम गरे राष्ट्रिय सरकार निर्माणका निम्ति प्रधानमन्त्रीले राजीनामा दिने जानकारी दिँदै उनले भने, ‘सकेसम्म छिट्टै सहमति होस् भन्ने हो ।’ पाँच दिनमा राजीनामा दिने सहमति भएको होइन ? भन्ने प्रश्नमा उनले भने, ‘पाँच दिनमा सहमति भयो भने त राम्रो हो ।’ राष्ट्रिय सरकारको नेतृत्व सहमतिमा तय गरिने उनले बताए । तपाईं नै प्रधानमन्त्री हुने चर्चा छ नि भन्ने प्रश्न गर्दा ओलीले भने, ‘त्यो पनि राम्रै हुन्छ ।’ नियमित उपचारका लागि दिल्ली गएका ओली सोमबार स्वदेश र्फकने कार्यक्रम छ । Continue reading

प्रधानमन्त्रीले दिने भनेको राजीनामा अन्योलमा


काठमाडौँ, जेष्ठ १६ – माओवादीले प्रधानमन्त्रीले पाँच दिनभित्रै राजीनामा दिनुपर्ने समझदारी भएको दावी गरेको छ। तर प्रधानमन्त्री स्वयं तथा सरकार समर्थक दलका नेताहरुले पहिले माओवादीले सहमतिका बुँदाहरु कार्यान्वयन गर्नुपर्ने बताएका छन्। आईतबार दिउँसो बसेको तीन दलीय बैठकपछि माओवादी नेताहरुले जेठ १४ को सहमतिको कार्यन्वयन हुन नसक्ने आशंका बढेको जनाएका छन्। पाँच दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने विषय सहमतिका बाँकी प्रसंगसित नजोडिकनै समझदारी भएको उनीहरुको भनाइ छ। तर दुई दिन नबित्दै उक्त समझदारीको व्याख्या भिन्दाभिन्दै ढंगले हुन थालेकोप्रति माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले असन्तुष्टि जनाए। “प्रधानमन्त्रीले अविलम्ब निश्चित दिनभित्र राजीनामा दिने बारे अनौपचारिक समझदारी भएको हो। Continue reading

एभरेष्ट म्याराथनमा फुर्बाको लगातार दोस्रो जित


विजेता धावकहरुसगरमाथा आधार शिविरबाट नाम्चे बजारसम्मको दौड खोटाङ जिल्ला निवासी २२ वर्षीय फुर्वा तामाङले तीन घण्टा ४१ मिनेट २० सेकेण्डमा पूरा गरे। दुई वर्षमा भएको लगातार दोस्रो जितपछि बोल्दै उनले अर्को सालपनि जित्ने अठोट सुनाए। उक्त म्याराथन ५,३६० मीटरको उचाइमा रहेको आधार शिविरबाट शुरु भइ खुम्बु हिम क्षेत्र, सगरमाथा, र ल्होत्से क्षेत्र हुँदै ३,४५० मीटर उचाइमा रहेको नाम्चेमा टुंगिएको थियो। उक्त क्षेत्रमा हिउँका चिप्ला बाटा, लालीगुराँसका जंगल, प्राकृतिक झरना तथा अप्ठेरा पुलहरु पार गर्नु पर्ने भएकाले सो दौडलाई संसारकै सबैभन्दा कठिन मध्ये एकको रुपमा लिइन्छ। Continue reading

के छ माओवादीले जारी गरेको ‘जनसंविधान’ मा ?


काठमाडौं, जेठ १५ – माओवादीले आज सार्वजनिक गरेको ‘जनसंविधान’ ले समुन्नत र वर्गबिहीन समाज निर्माणमा आधारित भएर प्रस्तावना तथा धाराहरु तयार पारेको छ। समाजवाद स्थापनाको आधार निर्माण गर्नका लागि यी सबै व्यवस्था गरिएको जानकारी मस्यौदाकार बाबुराम भट्टराईले दिएका छन्। उनले राज्यका सबै अङ्गमा मजदूर, किसान र उत्पीडितको प्रतिनिधित्व हुने चुनावी व्यवस्था आफूहरुले प्रस्ताव गरेको जानकारी पनि दिए। महिला, मजदूर र उत्पीडितहरुको आयोग बनाइने पनि उनले बताए। खुलामञ्चमा आयोजित कार्यक्रममा माओवादीले बनाएको संविधानको मस्यौदा पेश गर्दै नेता भट्टराईले जानकारी दिए- पहाडमा १० र तराइमा दुई वटा प्रदेश बनाउने हाम्रो प्रस्ताव छ। पितृसत्तात्मक र एकात्मक राज्यले सिर्जना गरेका सबै प्रकारका भेदभाव हटाइ राज्यका सबै महत्त्वपूर्ण अङ्गमा श्रमजीवी वर्गको प्रतिनिधित्व सुनिश्चित गरिनेछ। Continue reading

विश्वकप फुटबल खेलाडीले यौन सम्पर्क राख्न सक्ने


व्यूनोस आयर्स, अर्जेन्टिना, जेठ १५ (एपी)-’फुटबल र यौन विश्वकपका लागि उचित छ’, यो भनाई हो अर्जेन्टिनी टोलीका चिकित्सक डोनाटो भाल्लानीको। जो आफ्ना खेलाडीले दक्षिण अफ्रिकामा हुने महिना दिन लामो विश्वकपका क्रममा आफ्नो नियमित साथीसँग यौन सम्पर्क राख्न सक्ने बताउँछन्।‘खेलाडीले विश्व कपका क्रममा आफ्नी श्रीमती अथवा प्रेमीकासँग यौन सम्बन्ध राख्न सक्छन् ,’ चिकित्सक डोनाटो यौन जीवनको अङ्ग भएको बताउँदै भन्छन्। Continue reading

संविधानसभाको म्याद १ वर्ष थप


काठमाडौ, जेष्ठ १५ – प्रधानमन्त्रीको राजीनामा प्रमुख सर्त बनाएको माओवादी र प्याकेजमै समाधानको अडानमा रहेका सत्तारूढ कांग्रेस-एमालेबीच अन्ततः मध्यमार्गी सहमति भएको छ । फलस्वरूप संविधानसभाको कार्यकाल थपिएको छ । उनीहरूबीच शान्ति र संविधान निर्माणका बाँकी काम मिलेर अघि बढाउने र राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिने सुनिश्चितता भएपछि सहमति भएको हो । वार्तामा संलग्न उच्च स्रोत भन्छ- राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले आउँदो सोमबारभित्र राजीनामा दिने सम्भावना छ । सहमतिमा पुग्न दलहरूले गरेको ढिलाइका कारण संविधानसभा विधिवत रूपमा अन्त हुन करिब १७ मिनेट बाँकी रहँदा शुक्रबार राति ११.४३ बजे संसद् बैठक बसेको Continue reading

बुङमा गोष्ठी


गरिवी निबारण कार्यक्रमको आर्थिक सहयोगमा पहाडी विकास तथा संरक्षण समुह बुङ्गले बुधबार योजना तर्जुमा गोष्ठीको आयोजना गरेको  छ । छेस्काम गाउ विकास समितीका सचिव चन्द्र प्रसाद लुइँटेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा आउँदो गाउ परिषदबाट गरिवी निबारण कोषको कार्यक्रमलाइ गाविसको कार्यक्रमको रुपमा अनुमोदन गर्ने नीतिगत निर्णर्य भएको छ । Continue reading

रोसीमा छिट्टै विद्युत


सल्लेरीच्याल्सा बिद्युत कम्पनीले बितरण गरेकेा बिद्युत सल्लेरी ५ रोशी बिस्तार गर्न लागेकेा बिद्युत प्रसारणको परिक्षण सफल भएको छ । जैदु रोशी बिद्युत उपभोक्ता संस्थाको पहलमा सल्लेरी ९ र सल्लेरी ५ मा बिजुली पुर्‍याउन लागिएको संस्थाका सचिव पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो । सोमबार गरिएको परिक्षण प्रसारण सफल भएको र अब केही दिन भित्रमा गाउँमा बिजुली बालिने छ । अहिले बिजुली रोशी एकता परिवारको भवनसम्म पुर्‍याइएको छ । एक बर्षअघि कम्पनीले गार्मा गाविसको भित्ताखर्कमा विद्युत बिस्तार गरेको थियो । कम्पनीले लगातार बिद्युत बिस्तार गरे पनि विद्युतको क्षमता भने थप गरेको छैन । कम्पनीले दिनानुदिन लोडसेडिङलाई बढाउँदै लगेको छ । Continue reading

सल्लेरीमा आध्यात्मिक चित्र पर्रदर्शन


प्रजापीता, ब्रम्हाकुमारी इर्श्वर्य बिश्वबिद्यालयको आयोजनामा सल्लेरीमा आध्यात्मिक चित्र प्रदर्शनी तथा प्रबचन कार्यक्रम सम्पन्न भएको छ । देश शान्त भए म शान्त हुन्छु र समाज परिवर्तन भए म पनि परिवर्तन हुन्छु भन्ने मुख्य नाराका साथ कार्यक्रम सल्लेरीमा सोमबार भएको  हो । आपसमा भाईचाराको सम्बन्ध बिकासका लागी कार्यक्रम गरिएको आयोजकले जनाएको छ । Continue reading

हराएका बालकहरु भेटियो, सोलु एफएम धन्यवादको पात्र


२०६७ बैशाख १८ गते शनिबारका दिन चौरीखर्क ८ लुक्ला पावर हाउस, हाँडी खोलाबाट हराएका २ जना बालक सोलुखुम्बुकै गोली गाविसमा भेटिएका छन् । पावर हाउसबाट आफ्ना घरतर्फहिडेका मनकाजी मगरका छोरा र उनका भान्जा हराएका थिए । Continue reading

नाम्चेमा रकम संकलन


गएको बैशाख ५ गते नयाँबजारमा भएको आगलागी पिडितहरुका लागी सोलुखुम्बुको नाम्चेबजारमा ३१ हजार ९ सय रुपैया सहयोग संकलन गरिएको छ । खुम्बु नागरिक समाज, नेपाल रेडक्रस सोसाइटी उपशाखा नाम्चे र नाम्चे युवा क्लवले संयुक्त रुपमा सहयोग संकलन गरेकेा नेपाल रेडक्रस उपशाखा नाम्चेका सभापती लामाकाजी शर्ेपाले जानकारी दिनुभयो । Continue reading

राजनीतिमा जीवन्तताको खाँचो


शोभित नेपाल

कुनै समयमा निकै जनपक्षीय बनेको पाटीको क्रान्तिकारी छवि छोटै समयमा नै बिलाएर जाने गरेको तीतो सत्य संसारमै देख्न सकिन्छ । शुरूवातको चरणमा विशेषगरी तल्लो वर्ग र अन्यायमा परेको समूदायको हकहितको नारा उठाउँछ, उत्पीडनमा परेका वर्गको सत्ताको कुरा गर्छ र सत्ता ल्याएर उनीहरूको वर्गोत्थान गर्ने विषय पनि जोडतोडका साथ उठाउने गर्दछ । त्यसपछि ऊ छिट्टै फैलिन्छ, दमित समाजको भरोशा बन्छ, तल्लो वर्गको बलियो साथ र समर्थन पाउँछ । आरम्भका दिनहरू, जतिबेला उसले जनहितको नारा लिएर जागरणको यात्रा शुरू गर्छ, त्यतिबेला एकदिन सत्यको जीत हुने, थुप्रै बाधाहरू परास्त गर्दै सफलता हाँसिल गर्ने अठोट गर्छ । Continue reading

कुनै पनि शर्त स्वीकारिँदैनः प्रम


काठमाडौँ, जेठ १३ – प्रधानमन्त्री माधवकुमार नेपालले संविधान सभा म्याद थप्नका लागि कुनै पनि शर्त स्वीकार्य नहुने बताएका छन्। बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री आलम डंकनलसित आफ्नै निवास बालुवाटारमा शिष्टाचार भेटका अवसरमा उनले भने, लोकतन्त्रमा हिंसा, बलप्रयोग र जबर्जस्ती स्वीकार्य हुँदैन। माओवादीले संविधान सभाको म्याद थप गर्न प्रधानमन्त्रीको राजीनामालाई प्रमुख शर्तका रुपमा तेर्स्याएको छ। Continue reading

मैले बुझेको दासढुंगा


मनोज पण्डित(निर्देशक, चलचित्र दासढुंगा)– bp.manoj@gmail.com

imageजीवराज आश्रतिको रहस्यमय जिप दुर्घटनामा आधारित फिल्म दासढुंगाका निर्देशक हुन् पण्डित । पण्डितले फिल्म निर्माणअघि झन्डै नौ महिना यो विषयमा अध्ययन, अनुसन्धान गरेको बताउँछन् । यही आधारमा उनले देखेको दासढुंगा ।चलचित्र ‘दासढुंगा’ निर्माणका क्रममा अमित लामाले भनेका कुरा निकै घत लाग्यो मलाई । मदन भण्डारीका ड्राइभर र दासढुंगा-काण्डका सन्देहास्पद पात्र अमर लामाका छोरा हुन् अमित । खाडी मुलुक जानुभन्दा एक दिनअगाडि अमित मलाई भेट्न आएका थिए । र, एकसासमा माथिको आक्रोश पोखेका थिए । Continue reading

न्युनतम पारिश्रमिक सोलुखुम्बुमा आंशिक कार्यान्वयन


मनोज श्रेष्ठ (सोलु अनलाईन) – सोलुखुम्बुमा कार्यरत पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन, व्यवहारिक रुपमा कार्यान्वयनका लागि थप प्रयास हुनु पर्नेमा जोड दिएकाछन् । नेपाल पत्रकार महासंघ सोलुखुम्बु र न्युनतम पारिश्रमिक निर्धारण समितिको संयुक्त आयोजनामा आज सल्लेरीमा भएको नेपाली मिडिया र श्रमजीवी पत्रकारको अवस्था बिषयक विचार गोष्ठीका सहभागी पत्रकारहरुले न्युनतम पारिश्रमिक प्राप्तीका सम्बन्धमा समेत फरक फरक प्रतिक्रिया दिए । सहभागीहरुले २०६६ बैशाखदेखि लागू भएको श्रमजीवी पत्रकारको मासिक न्युनतम पारिश्रमिक रु. ५ हजार २ सय र कर्मचारी कामदारको रु. ४ हजार ६ सय सोलुखुम्बुका सर्न्दर्भमा व्यवहारिक नभएको समेत बताए । तोकिएको न्युनतम पारिश्रमिक समेत सोलुखुम्बु जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले नपाएको गुनासो गरेका थिए । कार्यक्रममा सोलु एफएमका पत्रकारहरुले भने न्युनतम पारिश्रमिक सोलु एफएमले कार्यान्वयन गरिरहेको बताएका थिए । अन्तरक्रिया कार्यक्रममा कतिपय पत्रकारहरुले तलब माग गर्दा आफूहरुले सञ्चार माध्यम नै छाड्नु परेको दुखेसो पोखेका थिए । Continue reading

खोटाङमा प्रहरी चौकी आक्रमण गर्ने किराँत वर्कसका केन्द्रीय नेता पक्राउ


सङ्खुवासभा तथा खोटाङको विभिन्न प्रहरी चौकीमा आक्रमण गरी विध्वंसात्मक क्रियाकलापमा लागेका किराँत जनवादी वर्कर्स पार्टीका एक केन्द्रीय नेतालाई प्रहरीले पक्राउ गरेको छ। बेल्टारका स्थानीय बासिन्दा रहेका सो पार्टीका केन्द्रीय सदस्य पम्प राईलाई प्रहरीले बेल्टारबाट पक्राउ गरेको बताइएको छ। विशेष सूचनाका आधारमा पक्राउ परेका राईलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा थुनामा राखी अनुसन्धान भइरहेको बुझिएको छ। विवश विद्रोही केन्द्रीय अध्यक्ष रहेको सो पार्टीले भूमिगतरुपमा विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ। Continue reading

एकै दिनमा एकै गाँउको ११ जना सगरमाथाको चुचुरोमा


दावा गेल्जेन शेर्पा (कुरिमा)

एभरेष्ट ब्यास्क्याम्प:  यहि मिति २०६७ साल जेष्ठ ९ गते का दिन सोलुखुम्बु जिल्ला कुरिमा क्षेत्रको ११ जना शेर्पा युवाहरुले एकै साथ सगरमाथाको सफल आरोहण गरेको छ । माउण्टेन ट्रिप एभरेषट एकसपेडिसन नामक  आरोहण दलमा सहभागी युवाहरु सम्पुर्ण “धर्म पिक शेर्पा कम्युनिटि”का सक्रिय सदस्यहरु रहेको बुझिएको छन भने उक्त टिममा सहाभागी सात जना अमेरिकि नागरिकहरुले पनि शेर्पाको सहायोगमा सफल आरोहण गरेका छ्न। आरोहि शेर्पाहरुको नामावलि यस प्रकार रहेको छ। Continue reading

नेपाली क्रीकेटका उपकप्तान ज्ञानेन्द्र मल्लकी आमालाई नेपाल पठाउन नेपाली दूताबास कुवेतमा निबेदन


सुजन केसी/ २४ मे कुवेतसिटी – बिगत दुई बर्ष देखी कुवेतमा गैरकानुनी रुपमा कार्यरत क्रीकेट उपकप्तान ज्ञानेन्द्र माल्लकी आमालाई नेपाल पठाउन नेपाली दूताबास कुवेतमा निबेदन दर्ता भएको छ । बैदेशीक रोजगारिको लागि ४ बर्ष पहिला कुवेत आएकि ज्ञानेद्र मल्लकी आमा श्रीमती माया मल्ल बिगत २ बर्ष देखी कुवेतमा गैरकानुनी रुपमा कार्यरत छन । घरेलु नोकरानीको  कामगर्न पुगेकी माया मल्ल मालिकको मानसिक र शारिरिक यातान , अभद्र ब्यबहार , कुटपिटले गर्दा  आफ्नो शरिर नै जोखीम अवस्थामा पर्न जाने अवस्था देखिएकाले शरिर बचाउनको लागी काम गदै आईरहेको घर छोडि  भाग्न वाध्य हुनु भएको थियो । कुवेतको कानुन अनुसार मालिकको घर छोडि भाग्ने कामदार गैरकानुनी हुन्छन । पुलिसको हात परेको खण्डमा जेलको सजाय भोग्नु  पर्ने हुन्छ । त्यसैले श्रीमती माया मल्ल लुकी छिपी बस्न बाध्य हुनु भएको छ । Continue reading