“लब ईन चाईना बोडर”को शुभ मुहुर्त पनि सोलुमै


मंसिर–७,सल्लेरी (सोलुअनलाइन) पाख्रिन फिल्मस प्रोडक्सनको चौथो भेट चलचित्र “लब इन चाईना बोडर”को आज सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शुभ मुहुर्त गरिएको छ । सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले नरिवल फुटाएर सो चलचित्रको शुभ मुहुर्त गर्नुभएको हो ।  त्यसैगरी फ्रेन्डसिप युथ क्लब सल्लेरीका अध्यक्ष एवं लव इन चाईना बोडरका संरक्षक महेश किराँतीले शुभ मुहुर्त शटको ब्यानर क्यामेरामा कैद गर्नुभयो भने यस चलचित्रका नायक सुबास मेचे नायिका जेनिसा केसी र खलनायक सुनिल थापाले सो चलचित्रको अभिनय प्रदर्शन गरेका थिए ।
सो शुभमुहर्त शट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले सोलुखुम्बु जिल्लामा निर्माण हुन लागेको यो पहिलो चलचित्रले आम दर्शकहरुको मन जित्ने बिस्वास व्यक्त गर्नुहदै अगामी दिनमा यस जिल्लाका कलाकारहरुले पनि चलचित्रमा मुख्य पात्रको रुपमा अभिनय गर्न सक्ने क्षमता निर्माण गर्न यो चलचित्र सहयोगी सिद्ध हुने बिस्वास गर्नुभयो ।
त्यसैगरी उक्त चलचित्रका संरक्षक महेश किराँतीले यो चलचित्रले सोलुखुम्बुबासीको संस्कार संस्कृति नेपालमा मात्र नभई विदेशमा पनि लैजान महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।
अञ्जिता किरातीको प्रस्तुतीमा निर्माण हुन लागेको सो चलचित्रको सुभमुहर्त कार्यक्रममा जिल्लाका विभिन्न कार्यालय प्रमुख सञ्चारकर्मी पत्रकार लगायत अन्यको उपस्थिति रहेको थियो । चलचित्रको सुटिङ आजबाट नै शुरु गरिएको छ ।

Leave a comment