‘दासढुङ्गा’ छानविन गर्नुपछ: खनाल


गोपाल नेपाल, काठमाडौं/नेकपा एमाले का अध्यक्ष झलनाथ खनालले दासढुङ्गा दुर्घटना रहस्यमय भएकाले त्यस घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनु पर्ने बताउनुभएको छ । एमालेका पूर्व महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको मोटर दुर्घटनासम्बन्धी घटनामा आधारित ‘दासढुङ्गा’ नामक नेपाली चलचित्र प्रदर्शनको आज राजधानीमा शुभारम्भ गर्दै उहाँले हत्यारा फेला नपरेसम्म छानविन जारी राख्न माग गर्नुभयो ।

Leave a comment