नेपाली श्रमिकहरुको होस्टेलमा चोरीको प्रयास


सबिन राई, पेनाङ । यहि नोभेम्बरको २३ तारिक मंगलबारको दिन जोहोरबारुको देशाचेम्बरल्याण्ड स्थित रहेको लन्डन बिस्कुट ब्राण्ड कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुको होस्टेलमा स्थानिय तमिल गुण्डाहरुले होस्टेलको ताला फोरेर चोरी गर्ने प्रयास गरेका छन् ।

सबै जना काममा गएको मौका छोपी साझको ८.३० बजे तिर होस्टेलको मेन गेट र ढोका फोरेर भित्र छिर्ने क्रममा दिवा सिफ्टमा रहेका ब्याक्तिहरु आएर थाहा पाई हो–हल्ला गरे पछि लुटेराहरु चार वटा मटरसाईकलमा चडेर भागेका थिए । घटनामा लुटेराहरुले कुनै पनि सामान भने लान पाएनन् । समयमा थाहा पाएर हो हल्ला गरे पछि लुटेराहरु भागेकाले सामान भने बचेकोे कुरा सोही कम्पनीमा कार्यरत बुधसागर चौधरीले फोन सम्पर्क मार्फत बताएका छन् ।

विभिन्न समयमा वेग्ला–वेग्लै म्यानपावरबाट आएका ६० जना भन्दा बढी श्रमिकहरु उक्त कम्पनीमा कार्यरत रहेका छन् । घटना पश्चात तत्कालै कम्पनी मालिकलाई फोन गरी जानकारी गराएको थिए । कम्पनीले पनि राम्रै सहयोग र सुरक्षा दिएको कुरा छ । तोडफोड भएको गेट र ढोका मर्मत गर्नुको साथै नया ताला चावीको व्यावस्था गरेर सुरक्षित तवरले बस्न सक्ने वातावरण बनाईदिएको कुरा पनि बताईएको छ ।

Leave a comment